
हेमजा, याम्दी स्थित पेमा छाल शाक्य गुम्बाले शाक्य गोङमा ठ्रिछेन रिन्पोछेको ८० औं जन्मोत्सवको अवसरमा बाग्लुङ ढोरपाटनका २ विद्यालयमा सहयोग गरेको छ ।
गुम्बाले ढोरपाटन–९, चिसापानी स्थित ज्योति विकास माविका कुल एक सय ८६ जना विद्यार्थी तथा १४ जना शिक्षक एवम् ढोरपाटन विलिभर्स अङग्रेजी स्कुलका ७० जना विद्यार्थी र १० जना शिक्षकलाई कार्यालयका सामाग्री, स्टेशनरी, खेलकुद, मनोरञ्जन तथा सरसफाईका सामाग्री प्रदान गरेको हो ।
सोही अवसरमा न्यून आय भएका ७० घरपरिवार स्थानीयलाई कम्बल, टोपी, मोजा, चामल, दाल, तेल, नुन, चियापत्ती लगायतका सामग्री पनि वितरण गरिएको छ ।गुम्बाका अध्यक्ष लोपेन नामाङ टासी गुरुङ तथा शिक्षक लोपेन कुन्गा थोक्मे गुरुङ लगायतको टोलीले करिव १० लाखका सामग्री ढोरपाटन पुगी वितरण गर्नुभएको हो।
त्यस्तै रिन्पोछेको जन्मोत्सवकै अवसरमा गुम्बाले पोखरामा रक्तदान कार्यक्रम गरेकोमा कुल ५५ पिन्ट संकलन भएको सचिव लोप्साङ छिरिङले जानकारी दिनुभयो ।
शाक्य गोङमा ठ्रिछेन रिन्पोछे शाक्य सम्प्रदायका महत्वपूर्ण गुरु मानिनुहुन्छ।उहाँ देहरादूनमा बस्नुहुन्छ ।