‘मरेर पनि बाचिरहने यमलाल’

-


     श्रीभद्र पौडेल    
     भाद्र २३ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका–६, लुम्लेका स्वः यमलाल देवकोटा बहुआयमिक व्यक्तित्व हुनुभएको चर्चा गरिएको छ।

       यमलाल शैक्षिक स्मृति प्रतिष्ठानको आयोजनामा हालै लुम्लेमा भएको ८ औं स्मृति दिवस कार्यक्रमका बीच स्वः देवकोटाको चर्चा गरिएको हो ।त्यस अवसरमा वक्ताहरुले यमलाल मरेर पनि बाचिरहनुभएको धारणा राख्दै जीवनकालमा गरेका कृर्तिले नै यमलाललाई अजर अम्मर बनाएको स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा जेष्ठ नागरिक, गरिव, जेहेन्दार विद्यार्थी एवम् एसइईमा उत्कृष्ट अङक ल्याउने विद्यार्थीलाई सम्मान पनि गरियो।

       प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले स्वः यमलाल सादा जीवन उच्च विचारमा अनुयायी भएको स्मरण गर्नुहुँदै उहाँको जीवनबाट सादकीपन सिक्नुपर्नेमा जोड दिनुभयो।उहाँले लुम्ले लगायत त्यस क्षेत्रको बृद्धि विकासमा यमलालको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै देवकोटालाई सामाजिक, राजनीतिक, शैक्षिक व्यक्तित्वको सज्ञा दिनुभयो ।

       अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले स्वः यमलाल माक्र्सवाद तथा जनताको बुहुदलिय जनबाद(जबज)का विचारक रहेको स्पष्ट पार्नुहुँदै गरिव जनताको पक्षमा यमलालले महत्वपूर्ण योगदान दिनुभएको धारणा राख्नुभयो।

       प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी यमलालकी श्रीमती लीला देवकोटाले श्रीमान्ले जीवनभर संघर्ष गर्नुभएको जनाउँदै भिन्न विचारसँग पनि सहकार्य गर्न सक्ने खुबी उहाँमा रहेको धारणा राख्नुभयो ।श्रीमान्का धेरै सपना थिए, ति कतिपय अझै अधुरै छन्, ति सपना पुरा गर्नतर्फ अव प्रतिष्ठानको ध्यान जान्छः उहाँले भन्नुभयो ।

       त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, राजनीतिक विश्लेषक रामराज रेग्मी, पेशागत महासंघका जगन्नाथ अधिकारी, वडाध्यक्ष एकदेव देवकोटा, पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङ, समाजसेवी चुडामणि देवकोटा, एमाले अन्नपूर्णका पूर्व अध्यक्ष विवेक देवकोटा, परिवारको तर्फबाट यमलालका भाइ सुनिल लगायतले स्वः देवकोटाको योगदानको चर्चा गर्नुभयो।

एमालेका तत्कालिन जिल्ला सदस्य यमलालले पार्टीका जनवर्गीय संगठन, रेडक्रस र सहकारीमा योगदान दिनुभएको थियो ।उहाँ माक्र्सवाद तथा जवजमा विचारक भएर शिक्षा दिर्दै हिड्नुहुन्थ्यो ।उहाँले पछिल्लो पटक पोखरा २ स्थित वरपाटन माविमा अध्यापन समेत गराउनुभयो ।

       वि.स २०२२ साउन २३ मा जन्मनुभएका यमलालको ५१ वर्षको उमेरमा २०७३ भदौं १६ गते उपचारका क्रममा निधन भएको थियो।