स्थापना दिवसमा वक्तृत्वकला

-


     श्रीभद्र पौडेल     
     भाद्र २० गते २०८१ मा प्रकाशित


लायन्स क्लब अफ पोखरा आँखीझ्यालले पाँचौं स्थापना दिवसको अवसरमा माध्यमिक तह विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । त्यस अवसरमा सिग्नेचर प्रोजेक्ट घोषणा पनि भयो ।

          प्रतियोगितामा १६ विद्यालयलाई पछि पार्दै फिस्टेल एकेडेमी प्रथम, मदरल्यान्ड मावि द्वितीय, गण्डकी बोर्डिङ तृतीय र सिर्जना माविले सान्त्वना स्थान हासिल गरे ।

          डिस्ट्रिक ३२५ एम नेपालका गभर्नर चण्डीप्रसाद अर्यालले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम जिल्लामै नमूना बनेको दावी गर्नुहुँदै प्रत्यक्ष रुपमा विद्यार्थीसंग जोडिएर गरिएको कार्यक्रमले  समाजमा सकारात्मक संदेश दिने बताउनुभयो ।

कार्यक्रमका बीच प्रथम डिस्ट्रीक भाईस गभर्नर धनिराम बराल, सिग्नेचर प्रोजेक्ट चिफ कुलचन्द्र शर्मा, घर फर्कौ अभियानका प्रमुख तथा डिस्ट्रीक चिफ मोहन सुवेदी, कलस्टर २ चिफ कृष्ण कोइराला, रिजन ४ का चियरपर्सन दयाराम सापकोटा, जोन ८ का चियरपर्सन मोहदत्त भुसाल, हेल्पफुलहेण्डसका अध्यक्ष मनबहादुर सुनार, सस्थापक अध्यक्ष दुर्गा सुवेदी, डिज्निल्याण्ड एकेडेमीका प्राचार्य नरेशप्रसाद बराल लगायतले धारणा राख्नुहुँदै क्ल्बको क्रियाशिलताको प्रशम्सा गर्नुभयो।

त्यस अवसरमा क्ल्बले निवर्तमान अध्यक्ष रुपकराज मिश्रलाई सम्मान गर्यो । त्यस्तै पुर्व अध्यक्ष मध्येबाट उत्कृष्ट कार्यसम्पादन गर्ने वर्ष २१÷२२ का दयाराम सापकोटा पनि पुरस्कृत हुनुभयो ।

क्ल्ब अध्यक्ष जगत पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रथम उपाध्यक्ष माधवप्रसाद आचार्यले संयोजन तथा क्ल्ब सचिव हरीप्रसाद शर्माले संचालन गर्नुभयो ।