‘उच्च शिक्षाको गन्तब्य गेन्स कलेज’

-


     श्रीभद्र पौडेल    
     भाद्र २५ गते २०८१ मा प्रकाशित


उच्च शिक्षाका लागि पोखरामा नयाँ कलेज स्थापना गरिएको छ।

एम्विए, विविए र विएस्सी सिएस्आइटी विषय अध्ययनका लागि सुदुरपश्चिम विश्वविद्यालयबाट हालै सम्बन्धन लिएर पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ् इन्टरडिसीपिनरी स्टडिज) कलेज स्थापना गरिएको हो ।

      कलेजमा विएस्सी व्यवस्थापनतर्फ ४ वर्षमा आठ सेमेस्टर, विएस्सी सिएसआइटी (कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी) तर्फ ४ वर्षमा आठ सेमेस्टर तथा एम्विए अन्र्तगत २ वर्ष ४ सेमेष्टरमा अध्ययन हुनेछ ।

      आफूहरुले ज्याक मेजीरोको फिलोसफी (दर्शन) अन्र्तगत विद्यार्थीमा आधारभूत रुपान्तरीत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कलेज स्थापना गरेको कलेज प्रमुख विजय आनन्द शर्माले बताउनुभयो। उक्त दर्शन अवलम्बनले गर्दा विद्यार्थीको व्यक्तित्वमा नै परिवर्तन आउने उहाँको विश्वास छ ।कलेजको अध्यक्ष कमलराज सापकोटा हुनुहुन्छ।

      कलेज मार्फत विद्यार्थीको व्यवहारमा परिवर्तन आउने, सिकाइका लागि विद्यार्थीलाई बढी जिम्मेवार बनाइने, व्यवहारिक तरीकाले वेलावेलामा समूह कार्य गराइने, खुशी वातावरणमा जोस् जाँगरले आगमन विधी मार्फत पठनपाठन हुने कलेजको भनाई छ।

त्यसका साथै भविष्यमा के बन्ने ? कसरी बन्ने ? किन बन्ने ? कसरी उद्यमी हुने ? उद्यमी बन्दा व्यक्ति, समाज र राष्ट्रलाई समग्रमा के फाइदा हुन्छ ? असल नागरिकका दायित्वहरु के के हुन् ? लगायत बारे पनि पठनपाठन सकिएपछि नियमित सहजीकरण (काउन्सेलिङ) को व्यवस्था गरिएको छ ।

उच्च शिक्षाका लागि गेन्स कलेज पोखराकै महत्वपूर्ण थलो बन्ने प्रमुख शर्माको दावी छ।हामी नयाँ छौं, अनुभवी टिम पनि छ, नेपाल सरकारको स्वामित्वमा रहेको विश्वविद्यालयबाट सम्बन्धन लिएकाले शिक्षण शुल्क पनि तुलनात्मक सर्वसुलभ छ, त्यसैले हामी सफल हुन्छौं नै प्रमुख शर्माले भन्नुभयो।

कलेजले विविए अध्ययनका लागि रु.३ लाख ९७ हजार, विएस्सी सिएसआइटीका लागि रु.५ लाख ५३ हजार तथा एमविएका लागि रु.३ लाख ५० हजार एकमुष्ट शुल्क पनि तोकेको छ।