वाराही माविले मनायो ६७ औं वार्षिकोत्सव

-


     श्रीभद्र पौडेल    
     मंसिर १५ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका, मालेपाटन स्थित वाराही माध्यमिक विद्यालयले आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह आज सम्पन्न गरेको छ।

सभा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले सरकारले विद्यार्थीलाई उपलब्ध गराउँदै आएको पोषणा खर्च(खाजा खर्च) कम भएको जनाउँदै त्यसलाई महङगी अनुसार क्रमशः समायोजन गर्दै लग्नुपर्ने बताए ।खाजा रकम कम हुदाँ कतिपय विद्यार्थी भोकभोकै घर फर्कने गरेको सुनाउँदै सदस्य वैरागीले शिक्षा ऐनमा नसमेटिएका कुराहरुलाई संशोधन मार्फत सम्बोधन गरिने भनाई राखे

शिक्षक, कर्मचारी तथा विद्यार्थीको संख्या बीच तालमेल नमिल्दा शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको जनाउँदै सदस्य वैरागीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी देशमा स्थीरता, शान्ति समृद्धि ल्याउन शिक्षाले भूमिका खेल्न सक्नुपर्ने स्पष्ट पारे।

वडाध्यक्ष विष्णुप्रसाद वरालले वाराही पोखराकै अग्रणी विद्यालय भएको जनाउँदै सामुदायिक विद्यालयको स्तरउन्नतीमा वडा तथा महानगर चनाखो रहेको सुनाए। अधिकाशं गरिवका छोराछोरी सामुदायिक विद्यालय अध्ययन गर्ने गरेको उदाहरण पेश गर्दै वडाध्यक्ष वरालले शिक्षक, विद्यार्थी, अभिभावकले आफ्नो कर्तव्य सम्झीई शिक्षण क्रियाकलापलाई सफल बनाउन लाग्नुपर्ने जनाए

त्यस अवसरमा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, शिक्षा अधिकृत रामप्रसाद तिवारी, छोरेपाटन मा.विका प्रधानाध्यापक डिल्लीराम भुषाल, वाराही रत्नबाट सम्मानित डा.भोजराज न्यौपाने, रेडियो नेपाल पोखरा प्रमुख शान्ति गुरुङ, अक्षयकोषदाता लक्ष्मण कोइराला, कार्यपालिका सदस्य हरीमाया विक, पूर्व अध्यक्ष प्रा.डा सरोज कोइराला, पूर्व प्र. हेरम्वप्रसाद कोइराला, शिक्षक टंक सुवेदी लगायतले पनि धारणा राखे।

विद्यालय अध्यक्ष निर्मल खत्रीले विद्यालयलाई बाल एवम् प्रविधिमैत्री बनाउन प्रयास भइरहेको उल्लेख गरे ।उनले पञ्चवर्षिय विद्यालय सुधार योजना निर्माण भइसकेको जनाउँदै अव त्यसलाई क्रमश कार्यान्वयन गर्दै लगिने स्पष्ट पारे।

प्रधानाध्यापक शिवप्रसाद भण्डारीलेसमृद्ध राष्ट्रका लागि असल विद्यार्थी नाराका साथ विद्यालय अगाडि बढिरहेको चर्चा गरे ।अधिकाशं अभिभावक अस्थायी वासिन्दा भएका कारण कामको सिलसिलामा अन्यत्र जाने प्रवृतिले विद्यालय छाड्ने विद्यार्थी संख्या पूर्ण रुपमा रोक्न नसकिएको जनाउँदै प्रधानाध्यापक भण्डारीले विद्यार्थी मूल्याङकन गर्दा पाठ्यक्रमको मर्मअनुसार गर्ने गरिएको स्पष्ट पारे।

उनले वाराही मुखपत्र प्रकाशनको औचित्य औँल्याउँदै कक्षा नर्सरीदेखि सम्म छुटै भवन निर्माण गरी पठनपाठन गराउनुपर्ने, बहुउद्देश्यीय सभाहल एवम् विद्युतिय पुस्तकालय स्थापना गर्नुपर्ने लगायत विद्यालयका दीर्घकालिन योजनाहरु सम्झिए

कार्यक्रमका बीच अक्षयकोषदाताहरुलाई सम्मान गरियो ।त्यस्तै विज्ञान प्रदर्शनी गरिनुका साथै विद्यार्थीहरु सोनिया थापा, नम्रता लगुन, कमला बुढा, अमृत थापा, स्मृति मगर, सन्ध्या खत्री, पुजा वैजु, शिखा लामा, सरिना परियार, श्नेहा गुरुङ, सक्सेस तिमिल्सीना, अपेक्षा गिरी, श्वेता विश्वकर्मा, कञ्चन विक नेतृत्वको समूहले विभिन्न प्रस्तुति राखे

विद्यालयका अध्यक्ष खत्रीको अध्यक्षतामा भएको उक्त समारोहमा सदस्य मणिराम वरालले स्वागत, तथा सहायक प्रधानाध्यापक तुलसीप्रसाद भण्डारी, शिक्षकद्वय रामप्रसाद पोखरेल रामचन्द्र ढकालले संयुक्त रुपमा कार्यक्रम संचालन गरे।