
गन्धर्व जाति संगीत तथा कलाका विशिष्ट शक्ति रहेकोे चर्चा गरिएको छ।
सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा शनिबारदेखि सुरु अल्पसंख्यक, सिमान्तकृत र लोपोन्मुख जाति समुदायको(गन्धर्व जाति) आर्थिक सशक्तिकरण तथा सचेतना अभिबृद्धि कार्यक्रमका बीच उक्त चर्चा गरिएको हो।कार्यक्रमका वक्ताहरुले गन्धर्व जातिको भाषा विकास भएपनि बाहिर ल्याउन नसकेको दुखेसो समेत पोखे।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकीलाई प्रकृति तथा संस्कृतिको धनी प्रदेशका रुपमा चिनाउँदै संस्कृति राष्ट्रको सम्पति भएकाले त्यसलाई बचाउनुपर्ने औँल्याए।उनले गन्धर्व समुदायमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार लागि पर्ने विश्वास दिलाउँदै गन्धर्व जातिको पुख्यौली पेश संकटमा परेको प्रति चिन्ता जनाए।
‘गन्धर्व विशिष्ट संस्कृति एवम् कला हो, त्यसका थुप्रै राम्रै पक्षहरुलाई बचाइराख्नुपर्दछ, यो समुदाय पनि आत्मनिर्भरतातर्फ अगाडि बढ्नुपर्दछ, मन्त्री थापाले भने।’
मन्त्री थापाले सारङगी बजाउन महिला पनि अग्रसर हुनुपर्ने भन्दै अनुज पुस्तालाई सीप सिकाएर संस्कृति बचाउन खोजिनु महत्वपूर्ण भएको धारणा राखे ।उनले स्थानीय कालीखोलाले वस्ती जोखिममा परेकाले त्यसको संरक्षणका लागि प्रदेश सरकार तयार रहेको पनि सुनाए।गन्धर्व समुदायको भवन तथा सङग्राहालय निर्माण एवम् पोषाक खरिदका लागि पनि प्रदेश सरकार तयार रहेको उनको भनाई छ।
सहजकर्ता समेत रहेका प्रा.डा कुसुमाकर न्यौपानेले गण्डकीको संस्कृतिले नेपालको ठूलो हिस्सा ओगट्ने दावी गर्दै त्यसमा गन्धर्व समुदायको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।उनले आफैले बाजा निर्माण गरी बजाउने आत्मनिर्भर समुदायका रुपमा गन्धर्वलाई चिनाउँदै अव बाटुलेचौरमा धेरै भलकमान्, एवम् खिमबहादुर जन्मनुपर्ने भनाई राखे ।गन्धर्व जातिको भाषा विकास भएपनि विभिन्न कारणले त्यसलाई वाहिर ल्याउन नसकिएको उनको भनाई छ।
सामाजिक विकास कार्यालय कास्की प्रमुख राजेन्द्रप्रसाद पौडेलले कार्यक्रमबाट फाइदा लिन गन्धर्व समुदायलाई आग्रह गर्दै खिमबहादुर गन्धर्व समुदायको जीउँदो इतिहास रहेको स्पष्ट पारे।कार्यालय पछाडि पारिएको जनताको पक्षमा रहेको भन्दै प्रमुख पौडेलले जीवनमा भौतिक भन्दा पनि मानविय विकास महत्वपूर्ण हुने औँल्याए ।
कार्यक्रमका बीच नेपाल गन्धर्व समुदाय विकास केन्द्रका सल्लाहकारद्वय हर्क गायक र वलराम गायकले पनि भनाई राखे ।उनीहरुले गन्धर्व समुदाय आर्थिक रुपमा पछाडि पारेको सुनाउँदै संग्राहालय निर्माणमा पछिल्लो पटक कतैबाट सहयोग प्राप्त नभएको दुखेसो पोखे।गन्धर्व जातिलाई अल्पसंख्यकमा राखेपनि दलित समुदायमा राख्न नहुने उनीहरुको भनाई छ।
त्यस अवसरमा गन्धर्व समुदाय विकास केन्द्र तथा गन्धर्व आमा समूहले विभिन्न प्रस्तुति राखे।
सामाजिक विकास कार्यालय कास्की प्रमुख पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कर्मचारी जंगबहादुर हमाल ढकुरीले स्वागत तथा सामाजिक विकास कार्यालयका अधिकृत ज्ञानेश्वर सुवेदीले कार्यक्रम संचालन गरे।
तालिम अन्र्तगत सारङगी निर्माण एवम् सारङगी तथा मादल बाध्यवादन गर्न सिकाइनेछ।कार्यक्रमलाई विवेक गायक, विमल गायक र बुद्ध गायकले सहजीकरण गर्नेछन्।










