हिमालय माविको ५१ औं वार्षिकोत्सव

-


     अन्नपूर्ण खबर     
     जेठ १६ गते २०८२ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका–७, तोल्का स्थित हिमालय माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सोमबार सम्पन्न भयो । त्यस अवसरमा स्वर्ण जयन्ती स्मारिका विमोचन तथा नवनिर्मित सरस्वती मन्दिर अनावरण पनि गरियो।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले शिक्षा सुधारमा गाउँपालिका चनाखो रहेको स्पष्ट पार्दै शिक्षालाई पालिकाले महत्व दिइरहेको औँल्याए । उनले कम्तीमा ७० प्रतिशत शैक्षिक उपलब्धी हासिल गर्ने गरी क्रियाकलाप संचालन गर्न निर्देशन दिर्दै हिमालय माविलाई नमुना शैक्षिक संस्थाका रुपमा अगाडि बढाउन सुझाव दिए।
त्यस अवसरमा पालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष भरतमान् गुरुङ, स्मारिका प्रकाशन उपसमितिका संयोजक प्रेमबहादुर गुरुङ, संस्थापक प्रअ केदारनाथ अधिकारी, पूर्व प्रअ नेत्रपाणी भण्डारी ,वडा सचिव नारायण क्षत्री, आर्थिक संकलन उप समितिका संयोजक गौप्रसाद गुरुङ, प्रचारप्रसार संयोजक भगवान् पौडेल, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष चेतबहादुर विक, विद्यार्थी वसन्त पौडेल लगायतले पनि धारणा राखे ।
कार्यक्रमका बीच शैक्षिक सत्र २०८१ तर्फका वार्षिक शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप पुरस्कार वितरण गर्नुका साथै विभिन्न अक्षयकोष मार्फत छात्रवृत्ति प्रदान गरियो।
त्यसै स्वर्ण जयन्तीमा छुटपुट व्यक्ति तथा संघसंस्था, स्मारिका प्रकाशन उपसमिति तथा सम्पादन मण्डल, विद्यालयका संस्थापक प्रधानाध्यापक केदारनाथ अधिकारी साथै विद्यालयका सम्पूर्ण शिक्षकलाई पनि सम्मान गरियो । त्यस्तै विद्यार्थीले सांगीतिक प्रस्तुति, पीटि प्रदर्शन पनि गरे। प्रधानाध्यापक शरद् सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
विद्यालय अध्यक्ष श्यामप्रसाद गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक संगिता पौडेलले स्वागत तथा शिक्षकद्वय प्रेमसिंह महरा र बीरेन्द्रबहादुर धामीले संयुक्त रुपमा कार्यक्रम संचालन गरे।