
पोखरा–५, मालेपाटन स्थित वाराही माध्यमिक विद्यालयमा बिहीबार एक कार्यक्रमका बीच चमेनागृह शिलान्यास गरिएको छ।लायन्स क्लव अन्तरराष्ट्रिय ३२५ जे तथा विद्यालयको सयुक्त लगानीमा गृह बन्न लागेको हो।
उक्त गृहको कार्यवहाक वडाध्यक्ष समेत रहेकी कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, लायन्स क्लवका जिल्ला गभर्नर मिलन थापा, पूर्व गभर्नर धुब्र थापा, विव्यस अध्यक्ष निर्मल खत्री, प्रधानाध्यापक शिवप्रसाद भण्डारीले संयुक्त रुपमा शिलान्यास गरे।
शिलान्यास गर्दै कार्यपालिका सदस्य विश्वकर्माले वाराही पोखराकै अब्बल शैक्षिक संस्था रहेको औँल्याउँदै सरोकारवाला सबैको पहलबाट विद्यालय बलियो बन्दै गइरहेको बताइन् ।उनले गृह सुविद्यासम्पन्न बन्न विश्वास समेत लिइन्।
लायन्स क्लवका जिल्ला गर्भनर थापाले सहयोग गर्न पाउँदा खुशी लागेको जनाउँदै सकेसम्म सहयोगलाई निरन्तरता दिर्दै जाने प्रतिबद्धता जनाए।
विद्यालय अध्यक्ष निर्मल खत्रीले लायन्स क्लव प्रति धन्यवाद दिर्दै सहयोगलाई निरन्तरता दिन आग्रह गरे।
प्रधानाध्यापक भण्डारीले गृहबारे जानकारी दिर्दै गृह निर्माणसँगै खाजा व्यवस्थापनमा सहयोग पुग्ने औँल्याए।उनले करिव २ करोडको लगानीमा गृह बन्न लागेको जानकारी दिर्दै त्यसमा विद्यालयले २५ प्रतिशत लगानी वेहोर्न स्पष्ट पारे।
विद्यालय अध्यक्ष खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक भण्डारीले स्वागत तथा सहायक प्रधानाध्यापक तुलसीप्रसाद भण्डारीले कार्यक्रम संचालन गरे।
गृह सन् २०२७ अप्रिल भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।










