शान्ति निकेतनले १४ करोड लागतमा ६ तले भवन बनाउँदै

-


     श्रीभद्र पौडेल    
     वैशाख २ गते २०८२ मा प्रकाशित


पोखरा–५, प्रस्र्याङ स्थित शान्ति निकेतन स्कुलको भवन शिलान्यास गरिएको छ।विद्यालयले आफ्नै जग्गामा १४ करोड लागतमा ६ तले ४० कोठे भवन निर्माण थालेको हो।
उक्त भवनको विद्यालयका संस्थापक प्राचार्य डा.महेश्वर पराजुली, वडाध्यक्ष विष्णुप्रसाद बराल, संस्थापकका माताहरु कलावती र भद्रकली पराजुलीले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।भवन आगामि माघ महिना भित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।
भवन शिलान्यास गर्दै वडाध्यक्ष वरालले सेवा विस्तार गर्ने उद्देश्यका साथ विद्यालयले भवन निर्माण थालेको विश्वास लिर्दै शान्ति निकेतन वडाको सम्पति भएको जनाए।उनले सामुदायिक तथा संस्थागत विद्यालयका असल अभ्यासहरु आदानप्रदान हुनुपर्ने भन्दै त्यसले शैक्षिक गुणस्तर बृद्धिमा भूमिका खेल्ने औँल्याए ।
गण्डकी बोडिङ स्कुलका पूर्व प्रधानाध्यापक रवि बरालले पोखराको शैक्षिक इतिहासमा शान्ति निकेतनले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्दै शिक्षा साझा विषयवस्तु भएको औँल्याए ।आफुले शान्ति निकेतनसँग सहकार्य गर्दै आइरहेको जनाउँदै वरालले विद्यालयले विश्व वजारमा बिक्न सक्ने नागरिक उत्पादन गर्न सक्नुपर्ने धारणा राखे ।
शिक्षासेवी हेरम्वप्रसाद कोइरालाले भवन निर्माणसँगै पोखराको शिक्षा क्षेत्रमा योगदान पुग्ने औँल्याए ।प्रतिभा माविका प्राचार्य किरण सापकोटाले शान्ति निकेतनलाई पोखराको अब्वल शैक्षिक संस्थाको संज्ञा दिए ।
त्यस अवसरमा पूर्व जनप्रतिनिधि अञ्जु केसी, पोखरा महानगर कार्यपालिका सदस्य हरीमाया विश्वकर्मा लगायतले पनि धारणा राखे।
विद्यालयका संस्थापक प्राचार्य डा.पराजुलीले सर्वसुलभ गुणस्तरीय शिक्षा मान्यतामा साथ विद्यालय अगाडि बढिरहेको चर्चा गर्दै अभिभावकको सुझावलाई ग्रहण गरी भवन निर्माण थालिएको स्पष्ट पारे।
विद्यालय अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रम समाजसेवी पुरुषोत्तम पराजुलीले संचालन गरे।