
पोखरा–५, पस्र्याङ स्थित धर्मस्थली आधारभूत विद्यालयमा स्वर्ण महोत्सव स्तम्भको अनावरण गरिएको छ।
शुक्रबार एक कार्यक्रमका बीच वडाध्यक्ष विष्णुप्रसाद वरालले स्तम्भ अनावरण गरेका हन् ।त्यस अवसरमा अक्षयकोषको व्याज( कुल १ लाख २५ हजार) बाट विभिन्न छात्रवृत्ति वितरण गरियो भने विद्यार्थीलाई शैक्षिक पुरस्कार पनि प्रदान गरियो।
स्तम्भ अनावरण गर्दै वडाध्यक्ष वरालले पोखराको शैक्षिक विकासमा धर्मस्थलीको योगदान महत्वपूर्ण रहदै आएको स्मरण गर्दै धर्मस्थलीलाई महिलाले नेतृत्व गरेको अब्बल शैक्षिक संस्थाका रुपमा चिनाए ।उनले विद्यालयको भौतिक संरचना सवल रहेको स्पष्ट पार्दै अव सबै मिली शैक्षिक गुणस्तर बृद्धि गर्दै जानुपर्ने धारणा राखे।
त्यस अवसरमा कार्यपालिका सदस्य हरीमाया विश्वकर्मा, वडा सदस्य गोविन्द पराजुली, शिक्षाप्रेमी हेरम्वप्रसाद कोइराला, पूर्व प्रधानाध्यापक केदारनाथ बराल लगायतले पनि भनाई राखे ।उनीहरुले अभिभावकले चाँसो राख्ने विद्यालयहरु मात्रै सफल हुँदै जाने स्पष्ट पारे।
विद्यालय अध्यक्ष कृष्णप्रसाद पराजुलीले शैक्षिक विकास भएमात्रै देश विकास हुने धारणा राख्दै
आफू नेतृत्वको टिमले केही महत्वपूर्ण कार्य गरेको स्मरण गरे ।उनले कार्यकाल अव धेरै नभएको भन्दै यस बीचमा सहयोग गर्ने सबैप्रति आभार जनाए।
प्रधानाध्यापक वदनकुमारी शर्माले विद्यालयको विकासमा पस्र्याङ क्षेत्रका पराजुली एवम् कोइराला परिवारको महत्वपूर्ण देन रहेको उल्लेख गरिन् ।उनले सबैको सदासयताका कारण अक्षयकोष रकम ४७ लाख बढी पु¥याउन सफल भएको स्पष्ट पार्दै त्यसलाई अझ बृद्धि गर्दै लैजान प्रयास गरिने उल्लेख गरिन् ।
कार्यक्रमका बीच पस्र्याङ निवासी विद्यालयका सल्लाहकार महेन्द्रराज दाहालले आफ्ना माता पिताको स्मृतिमा रु.५० हजारको अक्षयकोष स्थापना गरे।
विद्यालय अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक हरिश्चन्द्र अधिकारीले संचालन गरे ।नर्सरीदेखि कक्षा ८ सम्म संचालित उक्त विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत छन्।