Author Archive

पहिरोले घर पुरिँदा कास्कीमा एक जनाको निधन

पोखरा–२७, सहेलापाटामा बुधबार बिहान स्थानीय मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा मनबहादुरका २२ वर्षीय छोरा भीमबहादुर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । विहान करिव ४ बजेतिर घरमाथि पहिरो खस्दा  भीमसँगै उनकी आमा कमला पुरिएका थिए ।कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा एवम् सशस्त्र प्रहरी बल नेपाल २४ नं. कालिका गण मालेपाटनबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरुलाई करिव ७ बजेतिर उद्धार गरेको हो। पुरा पढौ

बालज्योतिलाई पेमा छालको सहयोग

अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।         हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४… पुरा पढौ

हेमजाका किसानलाई अनुदानमा मौरीघार

पोखरा २५ वडा कार्यालयको ५० प्रतिशत अनुदान सहयोगमा हेमजाका ५५ घरपरिवार किसानलाई शुक्रबार गोला सहितका मौरीघार वितरण गरिएको छ।        वडाको ५ हजार तथा सम्बन्धीत किसानको ५ हजार गरी कुल १० हजारको लागतमा स्टयान्ड सहितका मौरीघार वितरण गरिएको हो ।आ.व ०८०÷८१ को कृषितर्फको स्वीकृत बजेटबाट वडाले घार वितरण गरेको हो। घार वितरण गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिमिल्सीनाले मौरी विषादी न्यूनीकरणको आधार बन्न सक्ने विश्वास व्यक्त गर्दै अर्गानिक खेती प्रणालीमा जोड दिए ।उनले महको फाइदा माथि प्रकाश… पुरा पढौ

इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

नेपाल कम्युष्टि पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक काम इमान्दारी साथ गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु रुपन्देहीले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीको सम्मानमा बुटवलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले हरेक काम अगाडि बढाउँदामात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो । विद्यार्थीले नयाँ कुरा सिक्ने, ज्ञान र सीप प्राप्त गर्नेतर्फ लाग्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमताअनुसार अघि बढ्न विद्यार्थी र अभिभावकलाई सुझाव… पुरा पढौ

माछापुच्छ्रे« टोल विकासमा चुडामणि

पोखरा महानगरपालिका ५ स्थित माछापुच्छ्रे« टोल विकास संस्थाको छैंटौ अधिवेशनले चुडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले संस्थाको उपाध्यक्षमा कल्पना शर्मा, सचिवमा टेकप्रसाद अधिकारी, सहसचिवमा समीक्षा शर्मा, कोषाध्यक्षमा रमानाथ बास्तोला तथा सहकोषाध्यक्षमा दुर्गा कार्कीलाई जिम्मेवारी दिएको छ ।त्यस्तै समितिका सदस्यहरुमा कृष्णप्रसाद देवकोटा, गंगा श्रेष्ठ, नानीमाया सुवेदी, रामप्रसाद सुवेदी र कुलबहादुर गुरुङ छन्। वडाध्यक्ष विष्णुप्रसाद बरालले टोलको विकासमा वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै टोल विकास संस्था सक्रिय भए वडा आफै नमूना बन्ने बताउनुभयो। त्यस अवसरमा वयोबृद्ध नारायणप्रसाद पाठक,… पुरा पढौ

शान्तमा बधाई एवं सम्मान

पोखरा–१८, भकुन्डे स्थित शान्त माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागि भई सफलता प्राप्त गरेका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमका बीच बधाई दिर्दै सम्मान गरियो।        त्यस अवसरमा कार्यवहाक वडाध्यक्ष रमेश थापाले विद्यार्थीको समुज्ज्वल भविष्यको कामना गर्दै विद्यालयको सर्वाङगीर्ण विकासमा वडा सधै तत्पर रहेको बताए।     विद्यालयका अध्यक्ष बुद्धिबहादुर खड्काले विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिर्दै विद्यार्थीको बृद्धि विकासमा विद्यालय प्रयासरत रहदै आएको स्पष्ट पारे।       प्रधानाध्यापक कृष्णप्रसाद तिमिल्सीनाले विद्यार्थीको अथक परिश्रमबाट सफलता हासिल भएको औँल्याउँदै विद्यार्थीलाई लगनशील बन्न सुझाव दिए । शिक्षकहरु… पुरा पढौ

एकिकृत समाजबादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित हुनुभएको छ। पार्टीको जारी १० औँ राष्ट्रिय महाधिवेशनले आज अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो। त्यस्तै झलनाथ खनाल सम्मानित नेता चयन हुनुभएको छ।यी तीन पद महाधिवेशन हलले सर्वसम्मत रुपमा घोषणा गरेको हो।अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको जनाइएको छ। पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

कास्की  जिल्लालाई पूर्ण खोप सुनिश्चित  घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।         जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार  आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चितता सहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो  ।       कार्यक्रममा गण्डकी प्रदेश सरकारका  सामाजिक  विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको महत्वपूर्ण आधार… पुरा पढौ

गुरुकुल विद्यासदनको प्रायोजनमा भलिवल प्रतियोगिता

अन्नपूर्ण गाउँपालिका ५ स्थित द हेवन क्लव नयाँपुलको आयोजनामा भएको भलिवल प्रतियोगिताको उपाधि स्याङजाको भिरकोट समूहले जितेको छ।उक्त प्रतियोगिता २०८० सालको एसइईमा सहभागि विद्यार्थी बीच भएको हो ।      पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माविको प्रायोजनमा भएको उक्त प्रतियोगितामा पर्वत मोदी गाउँपालिका स्थित भुक देउराली समूह द्वितीय साथै पशुपति माध्यमिक विद्यालय मोदी गाउँपालिका तृतीय भए ।      प्रथम, द्वितीय र तृतीय भएसँगै उनीहरुले क्रमश नगद रु.१५ हजार, १० हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।     … पुरा पढौ

सरकारबाट बाहिरियो एमाले

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाउनुभएको छ । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहनुभएका उहाँहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिनुभएको थियो । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । उक्त अवधिमा प्रधानमन्त्री दाहालले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरुले आज… पुरा पढौ