Author Archive

बाघमारा सहकारीकोे १४ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा–३३, भगवती चौतारा स्थित बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो।सभाका वक्ताले मानिसको जन्मदेखि मृत्युसम्म सहकारी जोडिएको छ भन्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।उक्त सहकारीले सदस्य सुत्केरी हुदाँ पोषण वापत रु.५ हजार तथा सदस्यको मृत्यु भएमा किरिया खर्च स्वरुप रु. १० हजार प्रदान गर्दै आइरहेको छ।वडाध्यक्ष रामचन्द्र अधिकारीले बाघमारा सहकारी भरतपोखरीका घरघर तथा अन्य वडाका जनसमूदायमा पनि जोडिन सफल भएकोमा खुशी व्यक्त गर्दै आफूले सहकारीका गतिविधि नजिकबाट नियालीरहेको बताए। यो तपाई हाम्रो सहकारी होः… पुरा पढौ

चार्वाक् दर्शनबारे पोखरामा परिचर्चा

चार्वाक् दर्शनबारे पोखरामा परिचर्चा भएको छ । छोरेपाटन मा.वि आयोजनामा सोमबार भएको उक्त दर्शन परिचर्चाका वक्ताले मानिसले भविष्य बारेमा चिन्ता नलिई वर्तमान् जीवनलाई सफलीभूत बनाउनुपर्ने बताए।दर्शनबारे सहजीकरण गर्दै डा. रामप्रसाद सुवेदीले मानवीय जीवन सुधार्न यही लोकलाई जीवन्त बनाउनुपर्ने भन्दै भविष्यको चिन्ता नलिन आग्रह गरे। चार्वाक्ले पूर्वीय दर्शनलाई अन्धविश्वासबाट हटाई यथार्थ धरातलमा ल्याउन भूमिका खेलेको उनले प्रष्टाए ।चार्वाक्लाई पाण्डित्यवाद तथा अन्धविश्वास विरुद्धको प्राचीन भौतिकवादी विद्रोहको संज्ञा दिर्दै सहजकर्ता डा. सुवेदीले मानिसले परलोक नदेखेको भन्दै यही लोक नै अन्तिम सत्य भएको स्पष्ट… पुरा पढौ

छोरेपाटन माविमा भएको हाजिरजवाफमा ग्लोवल कलिजियट प्रथम

पोखरा, १९ भदौं।नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल छोरेपाटन माध्यमिक विद्यालयको व्यवस्थापनमा शुक्रबार भएको जिल्लास्तरीय हाजिरजवाफ प्रतियोगितामा २८ विद्यालयलाई पछि पार्दै ग्लोवल कलिजियट माविको समूह प्रथम भएको छ।उक्त प्रतियोगितामा विन्ध्यवासिनी मावि बाटुलेचौरको समूह द्वितीय, हेम्जा बोडिङ स्कूलको समूह तृतीय एवम् बालमन्दिर मावि काँडेको समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति विद्यालयले क्रमशः नगद रु. १० हजार, ७ हजार, ५ हजार, ३ हजार साथमा प्रमाणपत्र पुरस्कार पाए।प्रतियोगितामा रेडक्रसका रमेशराज भण्डारीको संयोजकत्वमा श्रीकान्त पौडेल र शर्मिला सापकोटा… पुरा पढौ

गोठदेखि ओठसम्मःजन्मदेखि मृत्युसम्म एग्रो टुरिजम सहकारी

पोखरा–३३, ठुलढुङ्गाचोक स्थित एग्रो टुरिजम सहकारी संस्था लि.को पाँचौँ वार्षिक साधारणसभा शनिबार भएको छ।सभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सभामुख कृष्णप्रसाद धितालले नेपालको अर्थतन्त्र विकासमा कृषि पर्यटनको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै सहकारीले कृषि मार्फत समृद्धि खाजेकोमा खुशी व्यक्त गरे।‘यो फरक प्रकृतिको सहकारी हो, जसको उद्देश्य महान् छ र उद्देश्य प्राप्तिका लागि निरन्तर क्रियाशिल हुनुपर्दछ सभामुख धितालले भने।’सभामुख धितालले देशको माटोलाई नबुझ्दा नेपालमा दिनप्रतिदिन कृषि उपजको आयत बढिरहेको उल्लेख गदै माटोको महिमा बुझ्नसक्नुपर्ने जनाए।समाज विकासमा सहकारीको भूमिका स्पष्ट पार्दै सभामुख धितालले… पुरा पढौ

बालकैलाशेश्वर गुफाको बढ्दो महिमा

पोखरा–१८, सौरेखाला स्थित बालकैलाशेश्वर महादेव गुफाको महिमा बढ्दै गएको छ।पछिल्लो समय गुफा प्रवर्धनका लागि विभिन्न प्रयास भएसँगै त्यसको महिमा बढ्दै गएको हो ।जसअन्र्तगत पछिल्लो पटक गुफा जान आउनका लागि गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालय तथा स्थानीयको आर्थिक साथै अन्य व्यवस्थापकीय सहयोगबाट करिव १५० मिटर लम्बाइको रेलिङसहितको सिँढीबाटो निर्माण भएको छ। उक्त बाटो डेढ मिटर चौडाइको छ। बाटो निर्माणसँगै गुफा आउजाउ गर्न सहज भएको छ।त्यसका साथै बाटो छेउछाउ केही फूलका विरुवा पनि रोपिएको छ।त्यसका साथै केही वर्ष अघि मात्रै त्यहाँ प्रदेश… पुरा पढौ

नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा वृक्षारोपण

नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाको आयोजनामा बिहीबार लक्ष्मी आदर्श माध्यमिक विद्यालय परिसरमा वातावरण संरक्षण तथा हरित अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री तथा जुनियर÷युवा रेडक्रस समिति कास्कीका संयोजक डिल्लीराम बराल प्रमुख अतिथिको रूपमा सहभागी हुननभयो ।प्रमुख अतिथि बरालले रेडक्रसले सञ्चालन गर्दै आएका वृक्षारोपण, रक्तदान, तालिम तथा विभिन्न प्रतियोगितात्मक र सामाजिक कार्यक्रमहरूले कास्की जिल्लामा मानवीय सेवा, स्वयंसेवा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो।उहाँले विद्यालयस्तरमा… पुरा पढौ

मोर्निङस्टार माविलाई अन्नपूर्ण गाउँपालिकाद्वारा सम्मान

पोखरा २०, असार।अन्नपूर्ण गाउँपालिका–२, नागडाँडा स्थित मोर्निड्डस्टार माध्यमिक विद्यालयलाई गाउँपालिकाले सम्मान गरेको छ।एसइई २०८२ मा सत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उक्त विद्यालयलाई शनिबार आयोजित कार्यक्रममा पालिकाले सम्मान गरेको हो।त्यस अवसरमा प्रधानाध्यापक फणिन्द्रप्रसाद अधिकारी, विषय शिक्षकहरु ईन्द्रदोर्जे लामा, प्रेमकुमार प्रधान, भोलानाथ पौडेल, रामप्रसाद सुवेदी, झलक रानाभाट, श्रीकृष्ण तिमिल्सीना र काशीराम शर्मा सम्मानित भए ।त्यस्तै ३.९६ जिपीए ल्याउन सफल सन्तोषी अधिकारी सहित उत्तीर्ण ५० जना विद्यार्थीलाई पनि पालिकाले नगद, सम्मानपत्र एवम् माला सहित सम्मान गरेको हो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले… पुरा पढौ

छोरेपाटन मा. वि.का नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा २०, असार।पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।कक्षा १२ का विद्यार्थीको आयोजनामा शनिबार भएको कार्यक्रमका बीच कक्षा ११ मा भर्ना भएका व्यवस्थापन, होटल व्यवस्थापन, शिक्षा तथा सामाजिक समूहका विद्यार्थीलाई स्वागत गरिएको हो।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य दानबहादुर शाहीले नवआगन्तुक विद्याथीलाई स्वागत गर्दै छोरेपाटनको गरिमालाई ख्याल गर्दै पठनपाठनमा होमिन सुझाए।प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले भविष्य ख्याल गरी अध्ययन गर्न विद्यार्थीलाई आग्रह गर्दै दिर्दै पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले महत्व दिर्दै आएको… पुरा पढौ

शिशु कल्याण, डेभिज फल्स क्लब र प्रहरी चौकीको संयुक्त सरसफाइ तथा जनचेतना कार्यक्रम

५४ औं विश्व वातावरण दिवसको अवसरमा पोखरा-१७, छोरेपाटनस्थित शिशु कल्याण इङ्लिस स्कुल, डेभिज फल्स क्लब र छोरेपाटन प्रहरी चौकीको संयुक्त आयोजनामा जनचेतनामूलक तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पर्यावरण संरक्षण र सामुदायिक सचेतना जगाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम विभिन्न तीन चरणमा सञ्चालन गरिएको थियो। कार्यक्रमको पहिलो चरण शिशु कल्याण इङ्लिस स्कुलको प्राङ्गणमा औपचारिक समारोहका बीच सुरु भएको थियो। विद्यालयका संस्थापक निर्देशक ईश्वर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराई… पुरा पढौ

पुस्तान्तरणको वास्तविक अर्थ : अभिभावक हैन, युद्धकला सिकेको पुस्तालाई अग्रपंक्ति दिने समय

१. आठौं गणतन्त्र दिवस : उत्सवभित्रको तीतो प्रश्न आज २०८३ जेठ १५ । नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको आठौं वर्षमा प्रवेश गरेको छ। झण्डा फहराइन्छ, राष्ट्रिय गान गाइन्छ, सभा समारोह हुन्छन्। तर यस उत्सवको पूर्वसन्ध्यामा राजनीतिक दलहरू, विशेषगरी नेकपा (एमाले), आफैंसँग एउटा गम्भीर प्रश्नको जवाफ खोज्न बाध्य छन् : के हामीले युगीन परिवर्तनको गति बुझ्यौं ? के ‘अभिभावक’ बनेर बस्ने पुरानो मानसिकताले वर्तमान प्रविधि सञ्चालित समाजलाई नेतृत्व दिन सक्छ ? २. डार्क रुम र एल्गोरिदम : चेतनाको नयाँ युद्ध भूमि… पुरा पढौ