
पोखरा–१८, भकुन्डे स्थित शान्त माध्यमिक विद्यालयबाट २०८० सालको एसइईमा सहभागि भई सफलता प्राप्त गरेका विद्यार्थीलाई मंगलबार एक कार्यक्रमका बीच बधाई दिर्दै सम्मान गरियो।
त्यस अवसरमा कार्यवहाक वडाध्यक्ष रमेश थापाले विद्यार्थीको समुज्ज्वल भविष्यको कामना गर्दै विद्यालयको सर्वाङगीर्ण विकासमा वडा सधै तत्पर रहेको बताए।
विद्यालयका अध्यक्ष बुद्धिबहादुर खड्काले विद्यार्थीलाई अनुशासित बन्न सुझाव दिर्दै विद्यार्थीको बृद्धि विकासमा विद्यालय प्रयासरत रहदै आएको स्पष्ट पारे। प्रधानाध्यापक कृष्णप्रसाद तिमिल्सीनाले विद्यार्थीको अथक परिश्रमबाट सफलता हासिल भएको औँल्याउँदै विद्यार्थीलाई लगनशील बन्न सुझाव दिए ।
शिक्षकहरु शिव लामिछाने र सूर्यप्रसाद तिमिल्सीना, अभिभावक नारायण दाहाल लगायतले विद्यार्थीको सफल भविष्यको कामना गर्दै सफलताका लागि अनुशासन सहितको मेहनत आवश्यक रहने चर्चा गरे।
सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सुयोग पराजुलीले विद्यार्थीको भविष्यप्रति विद्यालय सधै चिन्तनशील रहेको धारणा राख्दै विद्यालयमा रहदाँ आफूले अभिभावकीय भूमिका पाएको स्मरण गरे।
शान्तबाट यसवर्ष एसइईमा सफलता प्राप्त गर्ने विद्यार्थीले अधिकत्तम ३.८५ जिपिए प्राप्त गरेका छन् ।त्यहाँबाट सम्मिलीत कुल ३३ विद्यार्थी मध्ये ३१ जना अर्थात ९५% विद्यार्थी उत्तीर्ण भएका छन्।