
अन्नपूर्ण–३, मराउँचे स्थित बालज्योति आधारभूत विद्यालयलाई पेमा छाल शाक्य मोनास्ट्रिक इन्स्चिउडले विद्यालय पोशाक (ट्रयाक सुट) एवम् स्टेशनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।
हेमजा स्थित इन्स्चिउडले आइतबार एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत कुल २५ विद्यार्थी एवम् ६ जना शिक्षक कर्मचारीलाई ट्रयाक सुट तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । संस्थाले प्रति विद्यार्थी ८ वटा कापी, एक÷एक दर्जन सिसाकलम, मेटास र कटर एवम् १ थान ज्यामिति बाकस प्रदान गरेको हो ।त्यस्तै उक्त संस्थाले विद्यालयलाई ४ थान फुटबल एवम् ४ थान ब्याटमिन्टन पनि उपलब्ध गराइएको छ।
कार्यक्रममा बोल्दै इन्स्चिउडका अध्यक्ष टाँसी लामाले बालज्योतिमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहयोगसँगै विद्यालयमा शैक्षिक क्रियाकलाप संचालनमा थप सहज हुने विश्वास लिनुभयो । उहाँले पठनपाठनमा ध्यान दिन विद्यार्थीलाई सुझाव दिर्दै शिक्षा गुणस्तरीय हुनुपर्ने औँल्याउनुभयो ।
विद्यालयका अध्यक्ष डिल्लीराम पौडेलले सहयोगको सदुपयोग हुने विश्वास दिलाउँदै सहयोग आफैँमा महत्वपूर्ण हुने धारणा राख्नुभयो ।उहाँले आगामि दिनमा पनि सहयोग गर्न इन्स्चिउडको ध्यानाकर्षण गराउनुभयो ।
इन्स्चिउडका सचिव लोब्साङ लामाले कार्यक्रमसँगै इन्स्चिउड र मराउँचेवासी बीच थप आत्मिएता बढेको भनाई राख्दै आगामि दिनहरुमा पनि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
त्यस अवसरमा कार्यपालिका सदस्य पार्वती पौडेल, प्रधानाध्यापक राजकुमार कुँवर लगायतले सहयोग प्रति आभार प्रकट गर्नुभयो ।
विद्यालयका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक शारदा पौडेलले संचालन गर्नुभयो ।