माछापुच्छ्रे« टोल विकासमा चुडामणि

-


     श्रीभद्र पौडेल    
     असार २१ गते २०८१ मा प्रकाशित


पोखरा महानगरपालिका ५ स्थित माछापुच्छ्रे« टोल विकास संस्थाको छैंटौ अधिवेशनले

चुडामणि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले संस्थाको उपाध्यक्षमा कल्पना शर्मा, सचिवमा टेकप्रसाद अधिकारी, सहसचिवमा समीक्षा शर्मा, कोषाध्यक्षमा रमानाथ बास्तोला तथा सहकोषाध्यक्षमा दुर्गा कार्कीलाई जिम्मेवारी दिएको छ ।त्यस्तै समितिका सदस्यहरुमा कृष्णप्रसाद देवकोटा, गंगा श्रेष्ठ, नानीमाया सुवेदी, रामप्रसाद सुवेदी र कुलबहादुर गुरुङ छन्।

वडाध्यक्ष विष्णुप्रसाद बरालले टोलको विकासमा वडा प्रतिबद्ध रहेको स्पष्ट पार्नुहुँदै टोल विकास संस्था सक्रिय भए वडा आफै नमूना बन्ने बताउनुभयो।

त्यस अवसरमा वयोबृद्ध नारायणप्रसाद पाठक, संस्थापक अध्यक्ष गोकुलप्रसाद शर्मा, सल्लाहकारहरु प्रा.डा.जगनाथ रेग्मी, तेजनाथ शर्मा, योगमाया गिरी, अग्निधर पौडेल, जय शर्मा, हिलसाइड बोडिङका संस्थापक बाबुराम बराल, खानेपानी संस्थानका पूर्व कर्मचारी विष्णुप्रसाद खनाल तथा माछापुच्छ«े आमा समूहकी अध्यक्ष कल्पना क्षत्री (सीता) लगायतले धारणा राख्नुहुँदै टोलवासीको एकतामा जोड दिनुभयो।

कार्यक्रममा संस्थालाई विशिष्ट योगदान गर्ने वालिङ नगरपालिकाका प्रशासकीय अधिकृत एवम् संस्थाका सल्लाहकार तेजनाथ शर्मा, वडाध्यक्ष बराल लगायललाई दोसल्ला सहित सम्मान गरियो।

सल्लाहकार तेजनाथ शर्माको संयोजकत्वमा, प्राडा. जगनाथ रेग्मी र भगवती शर्मा सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो।

नवनिर्वाचित समितीको तर्फबाट अध्यक्ष चुडामणि अधिकारी तथा सहकोषाध्यक्ष दुर्गा कार्कीले आफुहरुको कार्यकालमा टोललाई अझै नमूना बनाउने प्रतिबद्धता जनाउनुभयो ।

संस्थाका अध्यक्ष मुक्तिराम देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राधा पाठकले स्वागत तथा भेषराज गौतमले कार्यक्रम संचालन गर्नुभयो।