Author Archive

गण्डकीमा जलचर ऐन बनाउनुपर्ने

गण्डकी प्रदेशमा जलचर ऐन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।         मत्स्य अनुसन्धान केन्द्र वेगनासको आयोजनामा मंगलवार भएको पोखराका तालहरुको मत्स्य व्यवस्थापन सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन्।         संघीय तथा अन्य विभिन्न प्रदेशले जलचर ऐन निर्माण गरिसकेको सन्दर्भ अगाडि सार्दै उनीहरुले गण्डकीको जलसम्पदा सुहाउँदो ऐन बनाउनुपर्ने बताए।         गण्डकी प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयका सचिव डा. टंकप्रसाद प्रसाईले मन्त्रालय छिट्टै जलचर ऐन ल्याउने तयारीमा रहेको जानकारी दिर्दै चाँडै नै ऐन प्रदेशसभाबाट पारित भई कार्यान्वयनमा जाने… पुरा पढौ

पोखरा ४ मा निःशुल्क दन्त शिविर

नेलम्बो नेपाल तथा पोखरा महानगरपालिका वडा नं. ४ कार्यालयको संयुक्त आयोजनामा मंगलबारदेखि निःशुल्क दन्त शिविर सुरु भएको छ ।        शिविर शुभारम्भ गर्नुहुँदै वडाध्यक्ष देवकृष्ण पराजुलीले बालबालिका तथा जेष्ठ नागरिकलाई लक्षित गर्दै शिविर संचालन गरिएको स्पष्ट पार्नुहुँदै नेलम्बोसँग सहकार्य गरी शिविर संचालन हुनु आफैमा महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले वडावासीको स्वास्थ्यमा सरलीकृत गर्न वडा तयार रहेको स्पष्ट पार्नुहुँदै कोरोना कालदेखि नै नेलम्बोले स्वास्थ्य क्षेत्रमा सहजीकरण गर्दै आइरहेको स्मरण गर्नुभयो ।        नेलम्बोमा कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले मुख स्वास्थ्यलाई मध्येनजर गर्दै शिविर… पुरा पढौ

मणिपाल काण्डः पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । कानुनविपरीत मणिपाल शिक्षण अस्पताललाई राजस्व छुट दिइएको उजुरीपछि अख्तियारले महानगरमा छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरबाट मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको जानकारी दिए । “यसबारे हामीकहाँ उजूरी पनि परेको छ र मिडियामा पनि आएको कुरा हो,” उनले भने । मणिपाललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिइएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि सञ्चारमाध्यममा यसको चर्काे आलोचना… पुरा पढौ