Author Archive

पाउँदुर आधारभूत विद्यालयको यातायात सेवा

अन्नपूर्ण–३, पाउँदुरकोट स्थित पाउँदुर आधारभूत विद्यालयले यातायात सेवा दिन सुरु गरेको छ ।विद्यालयले भ्यान खरिद गरी आइतबारबाट विद्यार्थीलाई सेवा दिन सुरु गरेको हो।समुदायको सहयोगमा भ्यान खरिद गरी संचालनमा ल्याइएको विद्यालय अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।सेवा शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पाउँदुरले नमुना कार्य गरेको स्पष्ट पार्दै एकतामा नै शक्ति हुने औँल्याए।उनले यातायात सेवा थपिएसँगै विद्यालय व्यवस्थापनमा सहजता बढ्ने अपेक्षा सुनाउँदै सहयोगकर्ता सबैप्रति धन्यवाद दिए।गाउँपालिका शिक्षा सुधारमा लागि परेको भन्दै अध्यक्ष केसीले शिक्षा प्राप्तिसँगै व्यक्तिमा अनुशासन, विनयशीलता, नम्रता झल्कनुपर्ने औँल्याए।विद्यालय… पुरा पढौ

सुनिलको ‘चोटै चोट’ सार्वजनिक

गायक तथा संगीतकार सुनिल गायकको नयाँ म्युजिक भिडियो ‘चोटै चोट’ सार्वजनिक भएको छ। गीतमा प्रेमीले प्रेम गुमाउनु र आफुलाई माया गर्ने मान्छेको खुशी पनि प्रेम रहेको देखाईएको छ। प्रेम, रोदन, विछोड तथा त्यागलाई गीतमा समेटिएको छ। सुपु म्युजिक क्रियशनको प्रस्तुति उक्त गीतमा शब्द संगीत, स्वर तथा अभिनय स्वयम् सुनिल गायककै छ ।उनलाई भिडियोमा एलिसा भोग र सविन गायकले साथ दिएका छन् ।उक्त गीतको संगीत संयोजनमा साहिल गायक तथा निर्देशकमा नेत्र गुरुङले भूमिका निभाएका छन्।त्यस्तै पब्लिसिटी डिजाईन सोपु क्रियशन कै छ।… पुरा पढौ

माछापुच्छे« शिक्षा क्याम्पस प्रमुखको पदस्थापना

अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित माछापुच्छे« शिक्षा क्याम्पसको प्रमुखमा लोकराज भण्डारी नियुक्त भएका छन्।भण्डारीको सोमबार एक कार्यक्रमका बीच पदस्थापना भयो भने निवृत्त क्याम्पस प्रमुख रामचन्द्र सुवेदीलाई विदाई गरियो।त्यस अवसरमा धारणा राख्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले क्याम्पस संचालनमा गाउँपालिकाको पूर्ण साथ रहने प्रतिबद्धता जनाउँदै क्याम्पस संचालन अन्नपूर्णवासीको साँझा सङ्कल्प भएको बताए।ढिलै भएपनि राम्रो कामको थालनी भएको छ अध्यक्ष केसीले भने शिक्षा र स्वास्थ्य सुधार्न गाउँपालिका दृढ छ ।उनले शिक्षामा केही गर्नुपर्दछ भन्ने भावनाका साथ भण्डारी क्याम्पस प्रमुख बनेकोमा खुशी व्यक्त गर्दै शिक्षकलाई… पुरा पढौ

ऐतिहासिक टँुडिखेल तीज महोत्सव सम्पन्न

“हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा ५ भाद्रदेखि सुरु महोत्सव समापन समारोहमा विभिन्न प्रतियोगताका विजेताहरुको घोषणा सगै पुरस्कार वितरण गरिएको थियो ।विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय,… पुरा पढौ

सराङकोट तीजमेलामा सहनशील दिदीबहिनी समूह प्रथम

पोखरा–१८, सराङकोटधाममा तीजमेला सम्पन्न भएको छ ।मेला अन्तर्गत तीजगीत तर्फ पोखरा २३ स्थित सहनशील दिदीबहिनी समूह प्रथम हुन सफल भयो।उक्त प्रतियोगितामा पोखरा १८ स्थित बौद्ध तामाङ दिदीबहिनी समूह द्वितीय, पोखरा २५ स्थित कमल जँैसी आमा समूह तृतीय एवम् पोखरा १८ कै नमुना जागृति आमा समूह सान्त्वना भए।प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहले क्रमश नगद रु.६१ हजार, ४१ हजार, ३१ हजार र २१ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे।त्यस्तै तोरीपानी दिदीबहिनी समूहको भेषभुषा तथा महिला साना किसान समूहको नृत्य… पुरा पढौ

पोखरा टुडिखेल तीज महोत्सव जारी, ढिकी, जाँतो प्रतियोगिता सुरु

पोखरा ९ भदौ/ पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकी, जाँतो प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवको चौथो दिनदेखि सुरु प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका उप सभामुख विना कुमारी थापाले गरेकी थिईन ।… पुरा पढौ

सराङकोटमा तीजमेला जारी

पोखरा–१८, सराङकोटधाममा तीजमेला जारी छ।त्यहाँ सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको आयोजना तथा वडा कार्यालयको संरक्षणमा आइतबारदेखि मेला सुरु भएको हो ।मेला उद्घाटन गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्यले सराङकोट पर्यटकीय धार्मिक स्थल रहेको संज्ञा दिर्दै यसको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको औँल्याए ।तीज मौलिक पर्व भएको जनाउँदै प्रमुख आचार्यले त्यसभित्र रहेका विकृतिलाई भने हटाउनुपर्ने उल्लेख गरे।कुलमण्डल शाहको पालादेखि सराङकोटको इतिहास जोडिएको जनाउँदै प्रमुख आचार्यले राष्ट्रपतिबाट सराङकोटधामको उद्घाटन हुनु सुखद् भएको सुनाए।वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले पोखराको नमुना पर्यटकीय क्षेत्रका रुपमा सराङकोटलाई… पुरा पढौ

ढिकुरपोखरी समाजको शुभकामना आदानप्रदान

ढिकुरपोखरी समाज पोखराले तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम शुक्रबार गरेको छ।कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले दिदीबहिनीहरु स्वाभलम्बी बन्नुपर्नेमा जोड दिर्दै त्यसका लागि सीप महत्वपूर्ण हुने औँल्याइन्।उनले तीजलाई भड्किलो नबनाई संस्कृतिको जगेर्ना गर्नुपर्ने पनि जनाइन्।फुर्सदको समय गाउँ फर्केर अर्गानिक खेती प्रणालीमा जोडिन ढिकुरपोखरीवासीलाई सुझाव दिर्दै उनले दिदीबहिनी पनि सामाजिक क्रियाकलापमा अग्रसर हुनुपर्ने धारणा राखिन्।अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले समाज परिवर्तनमा महिलाहरुको भूमिका अग्रणि रहने चर्चा गर्दै गाउँठाउँलाई माया गर्नुपर्ने बताइन्।उनले गाउँ फर्केर कृषि तथा पर्यटन… पुरा पढौ

छोरेपाटन माविमा तीजगीत प्रतियोगिता सम्पन्न

पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ अन्र्तगत शुक्रबार अन्तर समूह स्तरीय तीजगीत प्रतियोगिता सम्पन्न भएको छ।उक्त प्रतियोगितामा प्रतिक्षा क्षत्रीको समूह प्रथम तथा सलिना बरालको समूह द्वितीय भए।त्यस अवसरमा विद्यार्थीले संस्कृति, संस्कार, महिला विभेद, समानता, रितिरिवाज, महिलाका दुखसुख लगायतका विषयवस्तु समेटी गीत प्रस्तुत गरे।प्रतियोगितामा शिक्षकद्वय विमल आचार्य र रेखा थापाले निर्णयकको भूमिका निर्वाह गर्नुभयो।पुरस्कार वितरण गर्नुहुँदै प्रधानाध्यापक डिल्लीराम शर्माले तीजको मौलिकतालाई जोगाई राख्नुपर्ने स्पष्ट पार्नुहुँदै चाडपर्व हुदाँ खाने वर्गको पनि हुनुपर्ने जनाउनुभयो।सहायक प्रधानाध्यापक खेमराज बरालले चाडपर्वलाई भड्किलो… पुरा पढौ

डिलक्स बस कहिले पुग्छन् सराङकोट ?

पोखरा–१८ सराङकोट टपमा हालसम्म करिव ३५ करोड लागतका संरचना निर्माण भएका छन्।त्यहाँ विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ, धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन तथा स्वागतद्वार निर्माण गरिएको छ।        उक्त संरचनाको गत फागुन १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन पनि गरे।उनी काठमाडौंबाट हेलिकप्टरमार्फत सिधै सराङकोट पुगे र उद्घाटन गरी केही घण्टामै हेली मार्फत पुनः काठमाडौं फकिए।        यो खवर त्यतीबेला राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पनि निकै चर्चाको विषय बन्यो।सो वेला राष्ट्रपतिसँगै संस्कृति पर्यटन तथा नागरिक… पुरा पढौ