गुरुकुल विद्यासदनको प्रायोजनमा भलिवल प्रतियोगिता

-


     श्रीभद्र पौडेल    
     असार २० गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका ५ स्थित द हेवन क्लव नयाँपुलको आयोजनामा भएको भलिवल प्रतियोगिताको उपाधि स्याङजाको भिरकोट समूहले जितेको छ।उक्त प्रतियोगिता २०८० सालको एसइईमा सहभागि विद्यार्थी बीच भएको हो ।

     पोखरा–९, नयाँबजार स्थित गुरुकुल विद्यासदन माविको प्रायोजनमा भएको उक्त प्रतियोगितामा पर्वत मोदी गाउँपालिका स्थित भुक देउराली समूह द्वितीय साथै पशुपति माध्यमिक विद्यालय मोदी गाउँपालिका तृतीय भए ।

     प्रथम, द्वितीय र तृतीय भएसँगै उनीहरुले क्रमश नगद रु.१५ हजार, १० हजार, ५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

     प्रतियोगितामा भिरकोटमा ओमन गुरुङ उत्कृष्ट खेलाडी, पशुपति माविका राहुल गुरुङ उत्कृष्ट स्पाइकर, भुक देउरालीका अनिल थापामगर उत्कृष्ट लिफ्टर, भिरकोटमा अलिस थापा म्यान अफ् दी म्याच हुन सफल भए ।

     अन्नपूर्ण गाउँपालिका वडा नं. ५ का अध्यक्ष जीवनाथ पौडेलले जीवनका लागि खेल महत्वपूर्ण भएको चर्चा गर्दै खेल जीवनलाई अनुशासित बनाउनुपर्नेमा जोड दिए ।

     त्यस अवसरमा क्लवका उपाध्यक्ष सुरज विक, गुरुकुल विद्यासदनका खेल निर्देशक हरि ढकाल, दशजोड दुई संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठ, स्थानीय समाजसेवीहरु तिलबहादुर गुरुङ, नानबहादुर क्षत्री, सुरेश गुरुङ लगायतले पनि खेलको महत्वबारे धारणा राखे ।

     प्रतियोगितामा बुद्ध गुरुङ, अनिल विक, सुमित सुनार, विजय केसी, आस्विन सुनारले रेफ्रीको भूमिका निर्वाह गरे ।

     क्लव अध्यक्ष अरुण चापागाईको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लव सचिव सुमन समसेर राणाले संचालन गरे।