
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाको आयोजनामा बिहीबार लक्ष्मी आदर्श माध्यमिक विद्यालय परिसरमा वातावरण संरक्षण तथा हरित अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री तथा जुनियर÷युवा रेडक्रस समिति कास्कीका संयोजक डिल्लीराम बराल प्रमुख अतिथिको रूपमा सहभागी हुननभयो ।
प्रमुख अतिथि बरालले रेडक्रसले सञ्चालन गर्दै आएका वृक्षारोपण, रक्तदान, तालिम तथा विभिन्न प्रतियोगितात्मक र सामाजिक कार्यक्रमहरूले कास्की जिल्लामा मानवीय सेवा, स्वयंसेवा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो।
उहाँले विद्यालयस्तरमा गठन भएका जुनियर तथा युवा रेडक्रस सर्कलमार्फत विद्यार्थीहरूमा सेवा, अनुशासन, सहकार्य, नेतृत्व विकास र मानवताको भावना अभिवृद्धि भएको बताउँदै लक्ष्मी आदर्श माध्यमिक विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो।
सो कार्यक्रममा विधालयका प्रधानाध्यापक शिवमणि भण्डारी, कार्यक्रम संयोजक ईन्दिरा लामिछाने ,शिक्षक अभिभावक संघका अध्यक्ष उत्तम प्रकाश बराल, कोषाध्यक्ष विष्णुकुमारी लामिछाने, सल्लाहकार गोपालमणि लामिछाने, सिर्जना लामिछाने, महिला सदस्य सीता पौडेल सापकोटाले कार्यक्रम बिरुवा रोप्नका लागि मात्र नभई विधालय र समुदायमा वातावरणप्रतिको सचेतना फैलाउने अभियान समेत रहेको कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा विधालयका शिक्षक, कर्मचारी तथा जुनियर युवा रेडक्रस स्वयम् सेवकको समेत सहभागीता रहेको थियो।
कार्यक्रमले विद्यालय र रेडक्रसबिचको सहकार्य तथा समझदारीलाई अझ सुदृढ बनाउनुका साथै वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र स्वच्छ पर्यावरण निर्माणप्रति विद्यार्थी तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।
यस्ता रचनात्मक कार्यक्रमले भावि पुस्तामा प्रकृतिप्रतिको जिम्मेवारी, स्वयंसेवाको संस्कार र मानवीय सेवाको भावना विकास गर्न उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उपशाखाका सभापति बोधराज लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रम उपशाखाका सचिव प्रभा लामिछानेले संचालन गर्नुभयो ।












