
पोखरा १८ सौरेखोला स्थित वाल कैलाशेश्वर महादेव गुफामा महाशिवरात्री पर्व मनाइएको छ । जसअन्तर्गत रुदीपूजा एवम् सामुहिक ब्रतबन्ध भएकोमा पण्डित रामकृष्ण खनालले सहजीकरण गर्नुभयो । त्यस्तै बालकृष्ण अधिकारी, प्रेमराज अधिकारी र नेत्रप्रसाद अधिकारी कर्ताको भूमिका रहनुभयो ।
पूजामा सहभागि हुन स्थानीय सौरेखोला, आदर्शवस्ती, लब्लीडाँडा, महेन्द्रपुल, चिप्लेढुङगा, सराङकोट, धारापानी, मासबार, मालेपाटन लगायतका स्थानबाट भक्तजन त्यहाँ पुग्नुभयो ।

शिवरात्री अन्तर्गत आज रातभरजसो त्यहाँ भजन कृर्तन हुनेछ । त्यस्तै अखण्ड दीप प्रज्वलनमा रानीस्वाँराकी शान्ता अधिकारी, निलमाया अधिकारी, सजिना अधिकारी, सौरेखोलाकी उषा पोख्रेल, विनिसा सुवेदी लगायत श्रद्धालु भक्तजनको सहभागिता रहने गुफा संरक्षण समितिका सचिव हरिश्चन्द्र अधिकारीले जानकारी दिनुभयो ।

गुफामा २०५६ सालदेखि हालसम्म महाशिवरात्रीको अवसरमा विधिपूर्वक नियमित पूजाआजा हुँदै आएको छ । गुफामा विभिन्न भगवान, गाईका थुन, नागनागिनी लगायत विभिन्न वाद्यवाधनका सामग्रीका आकृर्ति छन् । जुन भक्तजनको रोजाइमा प्रत्यक्ष पर्दै आएका छन् ।
त्यहाँ पूजा गरे निःसन्तानलाई सन्तान प्राप्ति हुने लगायतका अन्य मनोकांक्षा पुरा हुने जनविश्वास गरिन्छ ।
वि.स २०५६ मंसिरमा स्थानीय सुजन अधिकारी एवम् स्वः मधुसुदन अधिकारी जंगलमा तिजु खान गएका वेला सो गुफा पत्ता लगाउनुभएको स्थानीयहरुको भनाई छ ।

केही वर्ष अगाडि गुफामा गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको सहयोगमा गुफा संरक्षणका साथै मन्दिर, ट्रस तथा शैचालय निर्माण गरिएको थियो ।
अव त्यहाँ पुग्नका लागि रेलिङ सहितको सिढी बाँटो, गणेश मन्दिर, जग्गा घेरवार सहित संरक्षण लगायत गुरु आश्रम निर्माण अत्यावश्यक बनेको गुफा संरक्षण समितिले जनाएको छ ।














