
पोखरा ८ स्थित गाउँशहर बहुउद्देश्यीय सहकारी संस्था लि.को विशेष साधारणसभा बुधबार भएको छ ।त्यस अवसरमा संस्था सुद्रीढिकरण तथा सुरक्षित अवतरणबारे छलफल भयो।
कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारीमा सहकार्यको भावना मजबुत हुनुपर्ने बताए। उनले पछिल्लो समय संचालकहरुले सहजीकरण समितीको रुपमा वचत फिर्ताको लागि खेलेको भूमिका सहारनीय रहेको बताउँदै अन्य सकंटग्रस्त सहकारीका लागि पनि यो महत्वपूर्ण उपाय बन्न सक्नेतर्फ सचेत गराए।
सेयर सदस्य तथा सुरक्षित अवतरणका सहजकर्ता ईश्वरीप्रसाद घिमिरेले नीति, विधि एवम् पद्धतिमा चल्ने संस्था मात्रै सफल हुने औँल्याए।
त्यस अवसरमा लेखा संयोजक डिल्लीराम पौडेल, आन्तरिक लेखा परीक्षक टीकाराम सापकोटा लगायतले पनि धारणा राखे ।
कार्यक्रमका बीच उत्कृष्ट कार्य गरेकोमा लेखा संयोजक डिल्लीराम पौडेल, सहजकर्ता इश्वरीप्रसाद घिमिरे, सेयर सदस्य पिताम्वर तिमिल्सिनालाई सहजीकरण समितिले धन्यवाद दिर्दै सम्मान गर्यो । कार्यक्रम सहकारीका अध्यक्ष ढकनाथ काफ्लेको अध्यक्षतामा भएको हो।










