रहेनन् केशवशरण

-


     अन्नपूर्ण खबर     
     जेठ १२ गते २०८३ मा प्रकाशित


हेमजा निवासी शिक्षासेवी, समाजसेवी व्यक्तित्व केशवशरण पौडेलको निधन भएको छ ।
उनको शुक्रबार विहान मर्निङवाक क्रममा हेमजा झिर्झिका खण्ड(बतासे)मा ह्दयघातका कारण निधन भएको हो। ५८ वर्षका पौडेल पत्नी शारदासँगै त्यहाँ मर्निङ वाक गएका थिए।
हेमजा बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल पौडेल गौरीशंकर बचत तथा ऋण सहकारीका अध्यक्ष पनि हुन् ।त्यस्तै उनले एन–प्याब्सन कास्कीको पूर्व उपाध्यक्ष हाल सल्लाहकार, नेकपा एमाले कास्कीको सदस्य सहित सल्लाहकार, रेडियो हेमजाका सस्थापक मध्येका एक, कास्की वचत संघका कोषाध्यक्ष भएर पनि सेवा गरे।
त्यस्तै उनले लायन्स क्लब लगायतका सामाजिक संघ संस्थामार्फत समाज सेवामा उल्लेख्य योगदान दिए। उनको शुक्रबार नै हेमजा स्थित सेतीनदी घाटमा अन्त्येष्टी गरियो।जेठा छोरा सन्तोषले दागबत्ती दिए ।
एनका पत्नी शारदा, २ छोरा सन्तोष र सुशील, २ बुहारी सुरुची र आशिका, २ नाति सहित १३ जनाको परिवार छ।