छोरेपाटन माविमा कानूनी सचेतना

-


     श्रीभद्र पौडेल    
     वैशाख १० गते २०८३ मा प्रकाशित


पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा कानुनी संचेतना दिइएको छ।
सामुदायिक सेवा केन्द्र वैदामको आयोजनामा तथा सामाजिक विकास महाशाखा पोखरा महानगरपालिकाको सहयोगमा बिहीबार एक कार्यक्रमका बीच सो विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीलाई सचेतना दिइएको हो।
सचेतना सहजीकरण गर्दै प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोक्काले जान अञ्जानमा धेरै गल्ती हुने भन्दै त्यसतर्फ सचेत गराए। कानुनी अनविज्ञता क्षम्य नहुने उल्लेख गर्दै निरीक्षक रोक्काले सबै मिलि समाजलाई समुन्नत बनाउनुपर्ने औल्याए।
उनले पछिल्लो समय एकाउन्ट तथा पेज ह्याक हुने समस्या बढीरहेको संकेत गर्दै विभिन्न कारणले कलिला बाबुनानीलाई पक्रन प्रहरी पुग्नुपर्ने अवस्था आउनु दुःखद् भएको सुनाए।
वडा सदस्य विष्णुकुमारी थापाले सामुदायिक सेवा केन्द्र वैदामका गतिविधिको प्रशम्सा गर्दै सबै मिलि नमूना समाज निर्माण गर्नुपर्ने जनाइन् ।समाजमा लागुऔषध प्रयोगकर्ता बढीरहेको तर्फ सचेत गराउँदै सदस्य थापाले त्यसका लागि सामुहिक प्रयास आवश्यक रहेको बताइन् ।
केन्द्रका अध्यक्ष ठाकुरप्रसाद बरालले संस्थाले काममा विश्वास गर्ने उल्लेख गर्दै सेवा केन्द्र मार्फत समाज सुधारमा योगदान पुगेको भनाइ राखे।
हाल बच्चादेखि बुढाबुढीसम्म सबै नागरिकको हातहातमा मोवाइल रहेको स्पष्ट पार्दै अध्यक्ष बरालले मोवाइललाई अध्ययनका लागि प्रयोग गर्न विद्यार्थीलाई सुझाए।