
पोखरा १७ स्थित डेभिजफल क्लबको शनिबार सम्पन्न १४ औं साधारणसभा तथा ११ औं अधिवेशनले दुई वर्षे कार्यकालका लागि दिपक सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्षमा शिविर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा वेदबहादुर थापा, सचिवमा गणेश जिसी, कोषाध्यक्षमा शिवम् शाही ठकुरी र सहसचिवमा शर्मिला थकालीलाई छनोट गर्यो ।त्यस्तै सौरभ मरासिनी, दिपेन्द्र सुवेदी, विष्णु पौडेल, वेदनाथ अधिकारी र प्रदीप गुरुङलाई सदस्यको जिम्मेवारी दियो।
युवक लामिछाने संयोजक तथा विजयराज आचार्य र खेमराज बराल (पुष्प) सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति चयन गरेको हो ।त्यसक्रममा नारायण अधिकारी र रविन गुरुङले सहजीकरण गरे।

कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगीले युवाशक्तिलाई उत्पादनसँग जोड्दै मर्यादित रोजगारी सिर्जना गर्ने अभियानलाई स्थानीय सरकारले प्राथमिकता राखेको बताइन् ।उनले युवाले घरघरमा पुगी नागरिकका आवश्यकता बुझ्दै योजनाबद्ध र दिगो विकासका कार्यक्रम साथ अघि बढाउनुपर्ने स्पष्ट पनि पारिन् ।
क्लब सल्लाहकार झपिन्द्रराज रेग्मीले क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत चेतनामूलक कार्यक्रम, छात्रवृत्ति अक्षयकोष, खेलकुद गतिविधि, रक्तदान, सरसफाइ तथा वृक्षारोपणजस्ता कार्यमा सक्रिय भूमिका खेलेको भन्दै क्लवका गतिविधिको प्रशंसा गरे ।
अध्यक्ष विनम गुरुङले २०५५ सालमा स्थापित क्लब सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएको जनाउँदै क्लवले जनविश्वास जित्न सफल भइरहेको दावी गरे ।
नवनिर्वाचित अध्यक्ष सुवेदीले सामाजिक सेवा र युवा सामथ्र्य लाई मूल मन्त्र बनाउँदै क्लबलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।उनले डिजिटल सूचना प्रणाली व्यवस्थापन, खेलकुद तथा नेतृत्व विकास कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, सूचना प्रवाह सुदृढीकरण, पर्यटन प्रवर्धन, पार्क निर्माण, पार्किङ व्यवस्थापन तथा फ्री वाइफाइ विस्तारजस्ता योजनालाई आफ्नो कार्यकालमा प्राथमिकता राखिने स्पष्ट पारे।
त्यस अवसरमा श्रीराम सुवेदी, युवक लामिछाने, रविन गुरुङ, गौतम श्रेष्ठ, सागर अधिकारी र तुल्सीराम बराल लगायतले शुभकामना व्यक्त गरे।
साधारणसभाका बीच महासचिव दिपक सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन एवम् कोषाध्यक्ष अनिलकुमार प्रधानद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन भयो ।
यसै अवसरमा जेन्जी आन्दोलनका क्रममा क्षति पुगेको छोरेपाटन प्रहरी चौकीको मर्मत तथा पुनः सञ्चालनमा सहयोग गर्ने विभिन्न ८२ संस्था तथा व्यक्तिलाई सम्मान गरियो।
क्लब अध्यक्ष गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव सुवेदीले स्वागत तथा सचिव जिसीले कार्यक्रम सञ्चालन गरे ।











