
१४ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी थालिएको छ ।
विष्णुपादुका क्लवको आयोजनामा शनिबार भएको सरोकारवालाको भेलाले यहि चैत २७ देखि वैशाख ५ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो।सदा झै यसपटक पनि ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाऊँः आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ ।

भेलाले क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।जसको सहसंयोजकमा मीना कुँवर, महासचिवमा विकल थापा, सचिवमा विपिन पौडेल तथा कोषाध्यक्षमा डम्बरबहादुर कुँवर चयन भए।
त्यस्तै विभिन्न उपसमिति पनि निर्माण गरिएको छ ।जसअन्तर्गत अर्थ संकलन उपसमिति संयोजकमा राजेन्द्र तिम्सिना, स्टल रेस्टुरेन्ट उपसमिति संयोजकमा कुमार श्रेष्ठ, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिम्सिना, अतिथि सत्कारतर्फ पार्वती थापा, सांस्कृतिक उपसमिति संयोजकमा सुशील श्रेष्ठ, सुरक्षा व्यवस्थापन संयोजकको जिम्मेवारी इन्द्र थापालाई प्रदान गरिएको छ ।

भेलाले प्रचारप्रसार उपसमिति संयोजकमा निराजन अधिकारी, पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा भुवन क्षेत्री, बैक तथा वित्तीय संघसंस्था समन्वय उपसमितिमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा सागर कुँवर, झाँकी ¥याली व्यवस्थापनमा उमा भुर्तेल पौडेल, कृषि परिचालन उपसमितिमा अर्जुन कार्की, कृषि प्रविधितर्फ कृष्ण तिम्सिना तथा सरसफाइ परिचालनतर्फ सुर्य थापालाई संयोजकको जिम्मेवारी पनि हस्तान्तरण गरेको छ।
हेमजामा वि.स २०६६ सालदेखि वार्षिक रुपमा आलु महोत्सव गरिँदै आइएको छ ।महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले तथा दोस्रो संस्करण तत्कालीन हेमजा गाविसले आयोजना गरेको थियो ।तेस्रोदेखि हालसम्मका संस्करण लगातार विष्णुपादुका क्लबले आयोजना गर्दै आइरहेको छ ।महोत्सव विष्णुपादुका खेलमैदानमा हुनेछ।












