लोकनृत्यमा छोरेपाटन माविकी प्रिनसेस प्रथम

-


     अन्नपूर्ण खबर     
     फागुन १५ गते २०८२ मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटी कास्की, जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज्ड एकेडेमीको व्यवस्थापनमा बिहीबार भएको खुला एकल लोकनृत्य प्रतियोगितामा छोरेपाटन माविकी प्रिनसेस थापा प्रथम भइन्।
उक्त प्रतियोगितामा शिवशक्ति माविका अफिन पूर्जा द्वितीय, कास्की मोडनाइज्डकी स्मृति थापा मगर तृतीय एवम् वेलनोन एकेडेमीकी इसाली आले तथा कालिका माविकी नशिवी परियारले सान्त्वना स्थान हासिल गरे। प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना भएसँगै उनीहरुले नगद, प्रमाणपत्र सहित शिल्ड पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा मीन गुरुङ, बुद्धिप्रसाद गुरुङ गौरी र डिल्लीराम बरालले निर्णयकको भूमिका निर्वाह गरे।रेडक्रसले जुनियर सर्कलमा विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतिगोगिता गरेको हो।
कार्यक्रममा भनाई राख्दै जिल्ला सभापति उर्मिला खड्का भण्डारीले रेडक्रसको आधार स्तम्भका रुपमा रहेका जुरेस सामाजिक क्रियाकलापमा सक्रिय बन्दै भएको जनाइन् ।उनले स्वयम्सेवाको भावनालाई जागृत गर्नपर्ने भन्दै प्रतियोगितालाई निरन्तरता दिर्दै आएको स्मरण गरिन्।
मन्त्री सन्तोष अधिकारीले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै क्षमताको विकास तथा अन्तरसर्कल गतिविधि आदानप्रदान गर्ने थलोको रुपमा त्यस्ता प्रतियोगितालाई लिने गरेको सुनाए।
उपमन्त्री डिल्लीराम बरालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै रेडक्रस भावना आम जनसमुदायमा पु¥याउनुपर्ने स्पष्ट पारे।
प्रधानाध्यापक रामबहादुर मोचीले प्रतियोगिता व्यवस्थापन गर्न पाएकोमा खुशी व्यक्त गर्दै शाखाका गतिविधिको प्रशम्सा गरे।


त्यस अवसरमा विद्यालयको आयोजनामा रक्तदान कार्यक्रम गरिएकोमा ६८ प्रिन्ट संकलन भयो।
कार्यक्रम जुनियर रेडक्रस सर्कल कास्की मोडनाइज्डकी अध्यक्ष स्वइच्छा राजकोटीको अध्यक्षतामा भएको हो।