भरतपोखरीका जनतासँग प्रतिनिधिसभाका उम्मेदवार

-


     अन्नपूर्ण खबर     
     फागुन ६ गते २०८२ मा प्रकाशित


भरतपोखरीका जनतासँग प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले साक्षात्कार गरेका छन् ।भरतपोखरी विकास मञ्चको आयोजनामा बुधबार उक्त कार्यक्रम गरिएको हो।जसमा कास्की क्षेत्र नं.२ बाट दलगत तथा स्वतन्त्र उम्मेद्वारी दिएका प्रतिनिधि सहभागि भए।
स्थानीय अन्नपूर्ण स्वास्थ्य चौकीको मैदानमा भएको उक्त कार्यक्रममा प्रत्येक उम्मेदवारका लागि १० मिनेट उपलब्ध गराइयो ।कार्यक्रममा उम्मेदवारहरु नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा (किरण), राष्ट्रिय स्वतन्त्र प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपक भण्डारी, उज्यालो नेपाल पार्टीका कुशल गुरुङ, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ, स्वतन्त्र विष्णुप्रसाद तिवारी लगायतले एजेन्डा प्रस्तुत गर्दै आप्mनो चिह्नमा मतदान गर्न आग्रह गरे।
त्यस अवसरमा विभिन्न आमा समूह, टोल विकास संस्था, समाजसेवी, बुद्धिजीवी, नव पुस्ता युवा, युवा क्लब, राजनीतिक दल, सामाजिक तथा शैक्षिक व्यक्तित्वको उपस्थिति रहयो।
मातृभूमिप्रतिको उच्च सम्मान, समृद्धिको संकल्पका लागि असल नेतृत्व छनौटमा साझा अभियानः भन्ने मूल नारासहित कार्यक्रम गरिएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए।


कार्यक्रमका बीच उम्मेदवारहरुले स्थानीयसामु आ आफ्नो उम्मेदवारीको औचित्य, प्रतिबद्धता, एजेन्डा र घोषणापत्र बारे प्रकाश पारे।
सहभागि स्थानीयले राय, सल्लाह, सुझाव, माग एवम् जिज्ञासा राखेसँगै उम्मेद्वारहरुले जबाफ दिए ।मञ्चका अध्यक्ष बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रम महासचिव गणेशप्रसाद ढकालले संचालन गरे।