गुरुकुल विद्या सदनको १९ औँ वार्षिकोत्सव

-


     श्रीभद्र पौडेल    
     फागुन ५ गते २०८२ मा प्रकाशित


पोखरा बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको १९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त सचिव दामोदर सुवेदीले विद्यार्थीलाई भोलीका कर्णधारका रुपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशम्सनीय रहेको सुनाए।उनले प्रमाणमा आधारित सिकाइ र प्रयोगमा आधारित शिक्षण तथा सिकाइ जस्ता शिक्षण विधिले उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।
विद्यालय अध्यक्ष रवि कार्कीले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अभिभावकले विद्यालयप्रति देखाइएको विश्वास एवम् भरोसालाई टुट्न नदिने प्रतिबद्धता जनाए।उनले विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय एवम् प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता समेत जनाए।
प्राचार्य भुवन सुवेदीले प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारमा उपलब्धि हासिल गरेको अनुभव राखे।
पूर्वसंस्थापक विजय थापाले दुन एकेडेमी देखि हालको गुरुकुलसम्मको यात्राबारे प्रकाश पार्दै समयानुकूल रुपान्तरण र प्रविधिको प्रयोगले विद्यालयलाई अझ नयाँ उचाइमा पु¥याउने स्पष्ट पारे।
गण्डकी विश्वविद्यालयका पूर्व डीन डा.कपिल अधिकारीले विद्यार्थीलाई आत्मविश्वासका साथ अघि बढ्न तथा निरन्तर मेहनत गर्न प्रेरित गरे।
कार्यक्रममा निवर्तमान् प्राचार्य नारायण आचार्य, पत्रकार अपिल त्रिपाठी, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, महानगर शिक्षा अधिकृत जीवन रेग्मी, अभिभावक मेघराज रेग्मी लगायतले पनि धारणा राखे।
त्यस अवसरमा स्वस्ति वाचन, विभिन्न सांस्कृतिक प्रस्तुति, गीत, स्वागत नृत्य, लोकनृत्य, नेवारी, कौडा नाँच, कविता वाचन, तेक्वान्दो प्रदर्शन गरिनुका साथै आश्रम नामक नाटक पनि प्रस्तुत गरियो। सांस्कृतिक कार्यक्रमतर्फ राजु गुरुङ तथा नाटकतर्फ सुसन पौडेलले सहजीकरण गरे।
कार्यक्रमका बीच शिक्षक रीभा वराल र रीता रानालाई दीर्घ सेवा सम्मान प्रदान गरियो ।
त्यस्तै शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कृत गरियो ।
विद्यालय अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहप्राचार्य फणिन्द्र अधिकारी र विद्यार्थी दिप्सा गुरुङले स्वागत तथा कार्यक्रमको संचालन +२ संयोजक वसन्तकुमार श्रेष्ठले गरे।