कास्की आदर्श समाजको रक्तदान तयारी तीब्र

-


     श्रीभद्र पौडेल    
     पौष ४ गते २०८२ मा प्रकाशित


कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद्को आयोजनामा आउँदो शुक्रबार विहान पोखरा स्थित पृथ्वीचोकमा रक्तदान कार्यक्रम हुँदैछ।
मानव जीवन रक्षा र सामाजिक उत्तरदायित्वलाई ध्यान दिर्दै परिषद्ले “पुण्य कमाउनेछ मनले, जीवन बचाउनेछ रक्तदानले” भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको हो।
सो कार्यक्रमको तयारी तीब्र पारिएको कार्यक्रम संयोजक समेत रहनुभएका संस्थाका उपाध्यक्ष सन्तोष तिमिल्सीनाले जानकारी दिनुभयो।
नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार पोखरा तथा कास्की आदर्श समाज नेपालको समन्वयमा रक्तदान हुन लागेको हो।
सन् २०१७ का स्थापित उक्त संस्था हाल विश्वभरिका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान् नाराका साथ क्रियाशिल छ।जसका कतार, माल्डा, अमेरिका, अष्टे«लिया लगायत ३३ राष्ट्रमा कार्यालय छन्।
विशेष गरी संस्थाले परदेशी भूमिका दुःख, पीरमा परेकालाई साथै नेपालमा भैपरी आउने विपद्मा सहयोग गर्ने लगायतका परोपकारी कार्य गर्दै आइरहेको छ।
त्यस्तै संस्थाले कास्कीका ६ विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी एवम् न्यानो कपडा वितरण गर्ने उल्लेख गरेको छ। गत वर्ष मात्रै संस्थाले किशोरीलाई सेनीटरी प्याड निर्माण सम्बन्धी तालिम पनि प्रदान गरेको थियो।
रक्तदान सफल बनाउन सरोकारवाला सबै पक्षको सहभागिता एवम् सहयोग पाउने आयोजकको विश्वास छ।