
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार पोखरा २ स्थित सनफ्लावर बोडिङ स्कुलकी आरती आचार्यले उच्चतम् ४.० जिपिए ल्याएकी छन् ।विगतको नतिजा तुलना गर्दा सनफ्लावर विद्यालयले एकपछि अर्को सफलता हात पार्दै गएको देखिन्छ।
एसइई दिएका मध्ये आरती सहित ३ जनाले ए प्लस, ८ जनाले ए, ७ जनाले वि प्लस तथा १ जनाले वि ग्रेड ल्याएको विद्यालयले जनाएको छ ।
सनफ्लावर स्कुल पोखरा क्षेत्रकै रोजाइको स्कुलमा पर्दछ । यहाँ नर्सरी देखि कक्षा १० सम्म पठनपाठन हुन्छ।
विद्यालयको सफलताप्रति खुसी व्यक्त गर्दै विद्यालयका निर्देशक दिपक शाहले उत्कृष्ट नतिजासहित उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिर्दै सफल र गौरवपूर्ण आगामी शैक्षिक यात्राको शुभकामना दिएका छन् ।
साथै उनले उत्कृष्ट नतिजाको लागि हरदम क्रियाशील शिक्षक, शिक्षिका तथा अभिभावकमा हार्दिक धन्यवाद सहित आभार समेत व्यक्त गरेका छन्।











