१४ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

-


     अन्नपूर्ण खबर     
     चैत्र २१ गते २०८२ मा प्रकाशित


विष्णुपादुका क्लब पोखरा–२५ हेमजाले शनिबार १४ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी भेला सम्पन्न गरेको छ ।
भेला मूल आयोजक समितिका संयोजक समेत रहेका क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको हो।
सो भेलामा मूल आयोजक समिति एवं उपसमितिका संयोजक सदस्य एवं सम्बन्धित सरोकारवालाको उपस्थिति थियो। उक्त छलफलमा मूल आयोजक समिति एवं उपसमिति संयोजकहरुले हालसम्मको तयारीका सम्बन्धमा गरिएका कार्यसम्पादन प्रस्तुत गरेका थिए।
भेलाले हालसम्म स्थानीय तवरबाट उल्लेखनीय साथ सहयोग र सद्भाव सहितको सकारात्मक प्रतिक्रिया पाएको निष्कर्ष निकालेको छ। भेलाका बीच पूर्व अध्यक्ष रमेश कार्की एवं निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले विगतका महोत्सवमा भएका कमी कमजोरीलाई मूल्याङकन गर्दै आगामी दिनमा त्यसको सुधार गर्नुपर्ने र नयाँपन झल्कने कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर महोत्सवलाई निरन्तरता दिन आग्रह गरे।
महोत्सव यही चैत २७ देखि वैशाख ५ गतेसम्म हुँदैछ ।