
“बदलिंदै छ समाज, बदलिंदै छ हाम्रो सोच, सुन्दर, सभ्य र समृद्ध बन्दैछ भरतपोखरी भन्ने उदघोषका साथ स्थापना भएको पोखरा ३३ को सामाजिक संस्था भरतपोखरी विकास मन्चले
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जनतासंग उम्मेदवार साक्षात्कार कार्यक्रम गर्ने भएको छ।
साक्षात्कार यही फागुन ६ गते बुधबार हुँदैछ । जसका लागि कास्की क्षेत्र नं. २ का उम्मेदवारहरूलाई निमन्त्रणा गरिसकिएको छ । कार्यक्रम उम्मेदवारलाई मतदाता समक्ष आफ्ना एजेन्डा प्रस्तुत गर्ने फोरम बन्ने विश्वास गरिएको छ ।
हामी यस क्षेत्रका उम्मेदवारहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्ना चुनावी प्रतिबद्धता सहितका एजेन्डाहरु प्रस्तुत गर्नुहुन र मतदाताहरुलाई आफ्ना राय, सल्लाह, सुझाव, माग एवं जिज्ञासाहरु उम्मेदवारहरु समक्ष राख्नुहुन हार्दिक अनुरोध गर्दछौं मञ्चले भनेको छ । कार्यक्रमलाई स्थानीय टेलिभिजन एवं सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रसारण गरिने उल्लेख छ ।
आयोजकले स्थानीयबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन तथा विश्वभर रहनुभएका त्यस क्षेत्रका वासिन्दालाई सामाजिक संजाल मार्फत जोडिई अवलोकन गर्नुहुन अनुरोध समेत गरेको छ ।











