
पोखरा–५,पस्र्याङ स्थित शान्ति निकेतन स्कूलमा शुक्रबार सरस्वती पूजा एवम् अक्षरारम्भ कार्यक्रम भएको छ ।कार्यक्रम विद्यालयको निर्माणाधीन भवन परिसरमा भएको हो।
त्यस अवसरमा हाल संचालित विद्यालय परिसरबाट नयाँ भवन परिसरसम्म ¥याली भयो ।¥यालीमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहयो।¥यालीका बीच भजन समूहले प्रस्तुति राख्यो भने यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीको सहयोग लिइयो।
कार्यक्रमको आकर्षणका रुपमा तीन विद्यार्थीलाई देवी सरस्वतीको प्रतीकात्मक रुपमा सुसज्जित गरी रथमा राखिएको थियो।कमलको आकृतिमा सजाइएको रथसहित उक्त ¥यालीले पुरानो विद्यालय परिसरदेखि नयाँ भवन परिसरसम्म यात्रा गर्यो।
त्यस क्रममा पुरोहितद्वारा स्वस्ति वाचन तथा सरस्वती देवीको विधिपूर्वक पूजा भयो।त्यस कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक तथा उपस्थितले सामूहिक प्रार्थना समेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक डा.महेश्वर पराजुलीले निर्माणधिन भवन परिसरमा पूजा गर्न पाउँदा खुसी लागेको उल्लेख गरे।उनले विद्यालयमा हाल भर्ना खुला रहेको जानकारी पनि दिए । कार्यक्रम परीक्षा संयोजक हेम सुवेदीको अध्यक्षतामा भएको हो।












