
लुम्लेकी टीका देवकोटाले स्वास्थ्य बीमा गर्न थालेको पनि करिव ९ वर्ष पुग्यो।उनले हालसम्म सयौंको बीमा गराइन्।त्यसका लागि उनी अन्नपूर्ण ६ अन्तर्गत पर्ने लुम्लेका विभिन्न टोलसम्म पुगिन्।
पहिले अर्मपर्म गर्न मात्रै पुग्ने टीका दुःख विमार हुदाँ उपचार गर्न सहज हुने काम लिएर टोलटोलमा पुग्दा त्यहाँका स्थानीयमा खुशी पनि छायो।टीकाले विस्तारै वडावासी सबैलाई बीमा कार्यक्रममा आबद्ध पनि गर्दै गइन् ।फलस्वरुप करिव लुम्लेका सबै घरपरिवार जसोलाई कार्यक्रममा समेट्न सफल भइन्।उनले करिव २ सय घरधुरी लुम्लेवासीलाई बीमा सेवामा जोडिन्।
पहिले पुरै रकम लिएर बीमा गर्ने गरेकी टीकालाई गाउँपालिकाका दोस्रो जनप्रतिनिधिको कार्यकाल सुरुवातीसँगै काम गर्न झनै सहज भयो।पालिकाले पालिकावासीको स्वास्थ्य बीमाका लागि ५० प्रतिशत तथा विपन्न परिवारलाई वडाको सिफारिसमा निःशुल्क बीमा गर्ने नीति लिएपछि काममा सहजता थपियो।
त्यस्तै सहज भएको अनुभुति अन्नपूर्ण ३ की बीमा सहजकर्ता लीला पौडेलको पनि छ।पहिला ५० प्रतिशत मात्रै अनुदान थियो तर अहिले सेवाग्राहीले रु.१ हजार तिरेपछि बाँकी रकम पालिकाले वेहोर्ने गरेको उनले सुनाइन्।योसँगै बीमामा अन्नपूर्णवासीको झनै आकर्षण बढेको उनको दावी छ।सुविद्या लिनेले दर्ता सहयोगी खोजीखोजी भएपनि बीमा गर्ने गरेको उनको अनुभव छ।
गाउँपालिकाले करिव २ हजार घरपरिवारको सहुलियत दरमा स्वास्थ्य बीमा गरेको छ।पालिकाको वार्षिक नीति तथा बजेट अनुसार गत आ.व ०८१।०८२ तर्फ कुल एक हजार ९ सय २६ घरपरिवारको स्वास्थ्य बीमा भएको छ।चालु वर्ष पनि ति परिवारको बीमा नविकरण हुने र अन्य परिवारलाई पनि बीमामा समेट्ने प्रयास भइरहेको गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले जानकारी दिए।
बीमा अन्तर्गत गत आ.व ०८०।०८१ मा कुल एक हजार आठ सय ८२ तथा आ.व ०७९।०८० मा कुल एक हजार ६ सय ७४ घरपरिवार आवद्ध थिए ।गाउँपालिकाले सामान्य परिवारका लागि ५० प्रतिशत तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्दै आइरहेको छ।
त्यसका लागि आ.व ०७९।०८० मा रु.३१ लाख ४० हजार ९ सय, ०८०।०८१ तर्फ रु.३५ लाख ८७ हजार १ सय ५० तथा अघिल्लो आ.वमा रु.३८ लाख १६ हजार ७ सय ५० खर्च भएको छ।त्यसका साथै गाउँपालिकाले ०७९।०८० मा ५६ परिवार, ०८०।०८१ तर्फ ५० एवम् अघिल्लो वर्ष ८९ परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको थियो।
राष्ट्रिय जनगणना २०६८ अनुसार अन्नपूर्णभर कुल ६ हजार २९ तथा घरधुरी सर्वेक्षण २०७६ अनुसार कुल ६ हजार २ सय ४१ परिवार रहेको उल्लेख छ। त्यो सङख्या बढेर अहिले ६ हजार ५ सय हाराहारी पुगेको अनुमान छ।
बीमा कार्यक्रम गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले कार्यकाल सुरुवाती चरणमा निर्णय गरेका हुन्।जसअनुसार नै अन्नपूर्णवासीले सेवा पाइरहेका छन्।
अध्यक्ष केसीले गरिव जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यका साथ कार्यक्रम लागु गरिएको सुनाए।यो मेरो कार्यकालको पहिलो तथा महत्वपूर्ण निर्णय हो, जसअनुसार फाइदा लिन आम अन्नपूर्णवासीमा पुनःआवÞान गर्दछु केसीले भने।
यद्यपि बीमित परिवारको सङख्यामा भने म पनि सन्तुष्ट छैन।यसको सङख्या हालको भन्दा दोव्बर गराउनुपर्ने छ, अन्नपूर्णमा न्यून आय भएका धेरै हुनुहुन्छ केसीले भने।त्यसका लागि स्वयम् आफै, गाउँपालिका उपाध्यक्ष लगायतका जनप्रतिनिधि तथा कर्मचारी मार्फत पालिकावासी सबैमा आव्Þान पनि गर्दछु।
गाउँपालिका कार्यालयमा पहिले स्वास्थ्य उपचारका लागि भन्दै आर्थिक सहयोग माग्न पालिकावासी धेरै आउनुहुन्थ्यो।त्यस्तो संख्या अहिले न्यून भएको छ।बीमा कार्यक्रम लागु भएसँगै यो पूर्ण रुपमा हट्नुपर्दछ भने लाग्छ, अध्यक्ष केसीले उल्लेख गरे।
गाउँपालिकाले व्यवस्थापकीय पक्ष मिलाएर ढिकुरपोखरी स्थित नवनिर्मित पालिका अस्पताल भवनबाट डाक्टर सहितको विशेषज्ञ सेवा दिने र सोही अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई पनि जोड्ने प्रयास भइरहेको जनाएको छ।
अन्नपूर्णका दर्ता सहयोगीले आफूहरुले बीमा गराए वापत यसअघि प्रतिपरिवार रु.३ सय ५० पाउने गरेकोमा आजकल सो रकममा पनि १५ प्रतिशत कटौती गर्ने गरेकोमा विरोध जनाएका छन्।उनीहरुले रकम नघटाउन आग्रह गर्दै उक्त रकम पनि समयमै उपलब्ध गराउन माग समेत गरेका छन्।
कुल ४१७.७४ वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण गाउँपालिमामा वि.स.२०७८ को जनगणना अनुसार कुल २२ हजार ९९ जनसंख्या छ।दर्ता सहयोगी अभावका कारण पछिल्लो २ वर्षयता अन्नपूर्ण ११ मा भने सहुलियत बीमा कार्यक्रम लागु हुन सकेको छैन।









