४८ युनिट रगत संकलन

-


     श्रीभद्र पौडेल    
     कार्तिक ४ गते २०८२ मा प्रकाशित


पोखरा–५, धारापानी मार्गमा शनिबार भएको रक्तदान कार्यक्रममा कुल ४८ युनिट संकलन भएको छ।

तिहारको अवसरमा धारापानी टोल विकास संस्था “ख”, धारापानी आमा समूह, जनहित महिला समूह, प्रस्याङ ठूलीपोखरी आमा समूह, धारापानी महिला बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड र धारापानी बाल क्लबको संयुक्त आयोजनामा रक्तदान भएको छ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद वरालले रक्तदान जीवनदान भएको उल्लेख गर्दै रक्तदानको महत्व आम नागरिकमा बुझाउनुपर्ने बताए।

उक्त अवसरमा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विक, समाजसेवीहरु सरीता अधिकारी, शोभाखर अधिकारी, कपिलमणी दाहाल, वसन्तराज अधिकारी, गोविन्द केसी, अञ्जु केसी, पत्रकार कमल पौडेल अथक, अन्नपूर्ण–४ का सदस्य पशुपति केसी लगायतले पनि धारणा राखे।

प्रस्याङ ठुलीपोखरी आमा समूह अध्यक्ष पवित्राकुमारी खड्का उपाध्यायले सहयोगदाता सबैप्रति आभार प्रकट गर्दै रक्तदानको महत्वमाथि प्रकाश पारिन्।

कार्यक्रम संयोजक समेत रहेका धारापानी टोल विकास संस्था ख का अध्यक्ष हरिश्चन्द्र अधिकारीले एकतामा नै शक्ति हुने औँल्याउँदै कार्यक्रम मार्फत धारापानी क्षेत्रका संघसंस्था एक छन् भन्ने संदेश गएको स्पष्ट पारे ।

प्रस्याङ ठुलीपोखरी आमा समूह अध्यक्ष खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धारापानी महिला बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडका अध्यक्ष गीता पौडेलले स्वागत तथा संचालन जनहित महिला समूहका अध्यक्ष चन्द्रावति गैह्रे अधिकारीले गरिन्।