
अन्नपूर्ण–३, पुरानो मैदान स्थित समाजसेवा युवा परिवारले रजत जयन्ती मनाएको छ।
त्यस अवसरमा भएको अन्नपूर्ण गाउँपालिका स्तरीय मा.वि हाजिरीजवाफ प्रतियोगितातर्फ बालमन्दिर मा.वि प्रथम, माछापुच्छे« मा.वि द्वितीय, अभिमान मा.वि तृतीय एवम् सिर्जना मा.वि सान्त्वना भए।
प्र्रथम, द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति विद्यालयले क्रमश नगद रु.९ हजार, ६ हजार, ३ हजार तथा १ हजार पाँच सय साथमा स्टेशनरी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे। उक्त प्रतियोगितामा प्रश्न निर्माण तथा प्रस्तुतकर्ताको जिम्मेवारी गण्डकी प्रदेश कृषि मन्त्रालयका अधिकृत सन्तोष अधिकारीले वहन गरे।
त्यस्तै कास्की जिल्ला स्तरीय एकल नृत्य प्रतियोगितामा २१ प्रतियोगिलाई पछि पार्दै मुना मगर पहिलो, सुदीप गैँडाल दोस्रो, शान्ति बास्तोला तेस्रो तथा करिना पौडेल सान्त्वना भइन्।उनीहरुले क्रमशः रु.१५ हजार, १० हजार, ५ हजार र ३ हजार साथमा प्रमाणपत्र पुरस्कार हात पारे।त्यस्तै अन्नपूर्ण ३ निवासी अनुष्का पौडेललाई प्रोत्साहन पुरस्कार प्रदान गरियो।प्रतियोगितामा कलाकारद्वय धर्मेन्द्र पौडेल र मेलिना सुवेदीले निर्णयक भूमिका निर्वाह गरे।

जयन्ती उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले क्लबलाई अन्नपूर्णको मात्र नभई समग्र जिल्लाकै नमूना संस्थाको संज्ञा दिए।उनले समाजसेवाले गरेका कार्यहरु ऐतिहासिक रहेको चर्चा गर्दै सामाजिक कार्य गर्दा सेवाभाव झल्कनुपर्ने उल्लेख गरे।क्लबका गतिविधिमा गाउँपालिकाको साथ रहेको उनले स्पष्ट पारे।
कार्यक्रममा पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा, पालिका प्रवक्ता समेत रहेको वडा नं. ७ का अध्यक्ष भरतमान् गुरुङ, वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेल, वडा सदस्य कृष्णप्रसाद पौडेल, महिला सञ्जाल अध्यक्ष कमला केसी, संस्थापक अध्यक्ष इन्द्रप्रसाद पौडेल, संस्थापक सचिव तारानाथ पौडेल, सल्लाहकार मोतिलाल पौडेल लगायतले क्लवले विगतमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै निरन्तर सफलताको शुभकामना व्यक्त गरे।
क्लव अध्यक्ष ओमप्रसाद पौडेलले सहयोगी सबैलाई धन्यवाद दिए।उनले आर्थिक, भौतिक, नैतिक सहयोगका अलवा सुझाव, प्रेरणा र आत्मियताले समेत कार्यक्रम सफल बनेको अनुभव राखे।
सचिव नयन पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।उनले क्लवले हालसम्म १० वटा नेतृत्व पाएको स्मरण गर्दै नेतृत्व बदलिए पनि क्लवको उद्देश्य कहिल्यै बदलिएको जानकारी दिए ।सेवा,संस्कार र समाजको माया क्लवको आधारशिला बनेको उनको भनाई छ।उनले छिट्टै स्मारिका प्रकाशन गर्ने योजना रहेको पनि सुनाए।कार्यक्रमका बीच क्लव सभाहलको उद्घाटन पनि गरियो।
क्लव अध्यक्ष ओमप्रसाद पौडेलको अध्यक्षताका भएको उक्त कार्यक्रममा उपाध्यक्ष लोकनाथ पौडेलले स्वागत तथा सचिव नयन पौडेलले कार्यक्रम संचालन गरे।










