
ढिकुरपोखरी समाज पोखराले तीजको अवसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम शुक्रबार गरेको छ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले दिदीबहिनीहरु स्वाभलम्बी बन्नुपर्नेमा जोड दिर्दै त्यसका लागि सीप महत्वपूर्ण हुने औँल्याइन्।उनले तीजलाई भड्किलो नबनाई संस्कृतिको जगेर्ना गर्नुपर्ने पनि जनाइन्।फुर्सदको समय गाउँ फर्केर अर्गानिक खेती प्रणालीमा जोडिन ढिकुरपोखरीवासीलाई सुझाव दिर्दै उनले दिदीबहिनी पनि सामाजिक क्रियाकलापमा अग्रसर हुनुपर्ने धारणा राखिन्।
अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले समाज परिवर्तनमा महिलाहरुको भूमिका अग्रणि रहने चर्चा गर्दै गाउँठाउँलाई माया गर्नुपर्ने बताइन्।उनले गाउँ फर्केर कृषि तथा पर्यटन क्षेत्रका लाग्न सुझाव दिर्दै महिला दिदीबहिनीमा पनि राजनीतिक चेत बढ्नुपर्ने उल्लेख गरिन्।
गाउँपालिका पूर्व अध्यक्ष युवराज कुँवरले समाजमार्फत पोखरा झरेका ढिकुरपोखरीवासी एक भएको अनुभव राख्दै समाजका क्रियाकलापलाई अझै ससक्त बनाउनुपर्ने बताए।
अन्नपूर्ण २ का अध्यक्ष पीताम्बर भण्डारीले समाजको विकासमा वडाको साथ रहने विश्वास दिलाउँदै एकतामा नै शक्ति हुने औँल्याए।
समाजका अध्यक्ष लक्ष्मी अधिकारीले संस्थामार्फत गाउँवासी एक हुन पाएकोमा खुशी व्यक्त गर्दै सबैको सोचाई संस्थाको हीत हुनुपर्ने जनाइन्।
त्यस अवसरमा समाजका सल्लाहकार सोमनाथ पौडेल, बाबुराम भण्डारी, लोकराज भण्डारी, मनपति भण्डारी लगायतले पनि धारणा राखे।
समाजका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लोकनाथ भण्डारीले स्वागत तथा सचिव गणेशप्रसाद अधिकारीले संचालन गरे।










