
अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य चर्तुमान् विश्वकर्माको निधन भएको छ।लामो समय एमाले राजनीतिमा सक्रिय विश्वकर्माको शुक्रबार राति ६५ वर्षको उमेरमा निधन भएको हो।उनी क्यान्सर पीडित थिए ।
उनको शनिवार हेमजा स्थित सेतीघाटमा अन्तेष्ठी गरियो।उनलाई एमाले पोलिटव्युरो सदस्य एवम् पूर्व खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा नेतृत्वको टोलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिए।
साविक ढिकुरपोखरीका विभिन्न संघ संस्थामा नेतृत्व गरेका विश्वकर्माले पार्टी पूर्व इलाका कमिटि, जिल्ला कमिटि, प्रदेश सल्लाहकार परिषद्मा रहेर पनि भूमिका निभाए।उनी पछिल्लो समय पार्टी निकट उत्पीडित समुदायको गण्डकी सल्लाहकार थिए।
स्वः चर्तुमान्का श्रीमती, ४ छोरी र २ छोरा छन्।कार्यपालिका सदस्य विश्वकर्माको निधनमा आइतबार गाउँपालिकाले शोक विदा पनि दियो ।










