हेमजामा उद्घोषण अभिमुखीकरण

-


     श्रीभद्र पौडेल    
     श्रावण २९ गते २०८२ मा प्रकाशित


हेमजा स्थित विष्णुपादुका क्लवको आयोजना उद्घोषण तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
वडा स्तरीय महिला संजालको विशेष सहयोगमा सुरु उक्त कार्यक्रममा हेमजामा रहेका महिला समूहका प्रतिनिधिको सहभागिता छ।
कार्यक्रम शुभारम्भ गर्दै क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले संसार प्रस्तुतिमा अडिएको जनाउँदै सीप सिकेको मान्छे भोकै बस्न नपर्ने औँल्याए।उनले क्लव महिलाहरुको क्षमता विकासमा प्रतिबद्ध रहेको सुनाउँदै आगामि दिनमा पनि त्यस्ता कार्यक्रमलाई निरन्तरनता दिने उल्लेख गरे।
महिला संजाल अध्यक्ष अप्सरा तिमिल्सीनाले आर्थिक संसक्तिकरणमा जोड दिर्दै जीवनमा सीपको महत्व अधिक रहने उल्लेख गरिन् ।उनले आयोजक क्लवलाई धन्यवाद समेत दिइन्।
त्यस अवसरमा महिला सञ्जाल सचिव उमा भूर्तेल पौडेल, धवलागिरी कास्की दलित सम्पर्क समाजका अध्यक्ष रनबहादुर सिपार्ली, सचिव वेकबहादुर विक लगायतले पनि धारणा राखे।कार्यक्रम पत्रकार मधु अधिकारीले सहजीकरण गर्नेछन्।
क्लव अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सचिव हिक्मतबहादुर थापाले संचालन गरे ।