
हेमजा स्थित तिब्रेकोट सामुदायिक वन उपभोक्ता समूह जिल्लामै प्रथम भएको छ।
वन, वातावरण एवम् समूह व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै डिभिजन वन कार्यालय कास्कीले आइतबार एक कार्यक्रमका बीच उक्त वनलाई पुरस्कृत गरेको हो ।प्रथम भएसँगै तिब्रेकोटले नगद रु.१० हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।
त्यस्तै सीतुकेशरी सामुदायिक वन पोखरा ३३ द्वितीय एवम् पोखरा १८ स्थित ठोट्नेखोला सामुदायिक वन तृतीय भए।द्वितीय र तृतीय भएसँगै ति वन समूहले नगद रु.७ हजार र ५ हजार सहित प्रमाणपत्र हात पारे।
कार्यक्रममा धारणा राख्दै डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले वन संरक्षणको महत्व माथि प्रकाश पार्दै दिगो वन व्यवस्थापनमा जोड दिए ।वन जीवनसँग जोडिएको छ, यसको महत्व दिनानुदिन बढ्दो छ, संरक्षणको विकल्प छैन भन्दै अधिकृत काफ्लेले वन रहे जीवन रहने औँल्याए।उनले पुरस्कृत वनसमूहलाई बधाई पनि दिए।
प्रथम हुने सफल तिब्रेकोट वन समूहले गत वर्ष अग्निरेखा, पोखरी निर्माण, स्थानीय बतासेडाँडामा पार्क एवम् चौतारी निर्माण, महानगरसँगको सहकार्यमा मेलबोट, तिब्रेकोटमणि हुँदै अस्तामसम्म सिँढीबाटो निर्माण एवम् विरुवा काँटछाँट लगायतका गतिविधि गरेको उपाध्यक्ष कृष्णबहादुर कुँवरले जानकारी दिए।
वन कार्यालयले गत आ.वको स्विकृत वार्षिक कार्यक्रम अनुसार ति वन समूहलाई पुरस्कृत गरेको हो।










