
अन्नपूर्ण गाउँपालिका–६, लुम्लेका स्वः यमलाल देवकोटा बहुआयमिक व्यक्तित्व भएको चर्चा गरिएको छ।
यमलाल देवकोटा स्मृति शैक्षिक प्रतिष्ठानको आयोजनामा हालै लुम्लेमा भएको स्मृति दीप विमोचन, शैक्षिक बहस तथा पुरस्कार वितरण कार्यक्रमका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।
राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सीनाले स्वः यमलाल सादा जीवन उच्च विचारमा अनुयायी भएको स्मरण गर्दै उनको जीवनबाट सादकीपन सिक्नुपर्नेमा जोड दिए।उनले लुम्ले लगायत त्यस क्षेत्रको बृद्धि विकासमा यमलालको भूमिका महत्वपूर्ण रहेको औँल्याउँदै देवकोटालाई सामाजिक, राजनीतिक, शैक्षिक व्यक्तित्वको सज्ञा दिए।
नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले स्वः यमलाल माक्र्सवाद तथा जनताको बुहुदलिय जनबाद(जबज)का विचारक रहेको स्पष्ट पार्दै गरिव जनताको पक्षमा यमलालले महत्वपूर्ण योगदान दिएको धारणा राखे।
प्रतिनिधिसभा सदस्य एवम् प्रतिष्ठानका अध्यक्ष दामोदर पौडेल वैरागीले यमलाल विकासप्रेमी व्यक्तित्व रहेको स्मरण गर्दै उनका क्रियाकलाप सम्झनायोग्य रहेको चर्चा गरे।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष नेत्र चापागाई, अन्नपूर्ण ६ का अध्यक्ष एकदेव देवकोटा, संगम माविका अध्यक्ष चित्रबहादुर गुरुङ, शिक्षक संगठनका जगन्नाथ अधिकारी, रामप्रसाद खनाल, दिनेश भण्डारी, विष्णुहरी त्रिपाठी लगायतले पनि स्वः देवकोटालाई सम्झदै यमलाल मरेर पनि बाचिरहेको धारणा राखे।उनीहरुले जीवनकालमा गरेका कृर्तिले नै यमलाललाई अजर अम्मर बनाएको स्पष्ट पारे।
यमलालकी श्रीमती लीला देवकोटाले श्रीमान्ले जीवनभर संघर्ष गरेको जनाउँदै भिन्न विचारसँग पनि सहकार्य गर्न सक्ने खुबी उनीमा रहेको सम्झिइन्।श्रीमान्का धेरै सपना थिए, ति कतिपय अझै अधुरै छन्, ति सपना पुरा गर्नतर्फ अब आफूहरुको ध्यान जान्छः उनले भनिन्।
कार्यक्रमका बीच स्वः देवकोटाको शैक्षिक योगदानबारे भएको निबन्ध लेखन प्रतियोगितामा माछापुच्छ«्रे माविकी मनिषा सुनार प्रथम, शीतला माविकी मनिषा पौडेल द्वितीय, माछापुच्छ्रे« माविका अंकित अधिकारी तृतीय एवम् सिर्जना माविकी प्रज्ञा सुवेदी सान्त्वना भइन्।
प्रतिष्ठानका अध्यक्ष वैरागीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष कृर्तिनाथ देवकोटाले स्वागत तथा सदस्य भरत देवकोटाले कार्यक्रम संचालन गरे।
एमालेका तत्कालिन जिल्ला सदस्य यमलालले पार्टीका जनवर्गीय संगठन, रेडक्रस र सहकारीमा योगदान दिएका थिए।उनी माक्र्सवाद तथा जवजमा विचारक भएर शिक्षा दिर्दै हिड्थे ।उनले पछिल्लो पटक पोखरा २ स्थित वरपाटन माविमा अध्यापन समेत गराए।
वि.स २०२२ साउन २३ मा जन्मिएका यमलालको ५१ वर्षको उमेरमा २०७३ भदौं १६ गते उपचारका क्रममा निधन भएको थियो।










