
नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन्।बिटुडी डान्स स्कुलको आयोजनामा पोखरा वाणिज्य हलमा शनिबार भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन्।
सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौंथो र जेनी सेञ्चुरीले पाँचौ स्थान हासिल गरे। पहिलो हुनेले ७० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
जुनियरतर्फ दिप्सीका गुरुङ दोस्रो, आस्रिया केसी तेस्रो, प्रिन्सेस गुरुङ चांैथो र संस्कृति पाण्डे पाँचौ भए । प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाए । वेष्ट कोरियोग्राफरको अवार्ड अमृत सुनारले हात पारे।
प्रतियोगितामा भारतीय चर्चित डान्स सो इन्डिया वेस्ट डान्सर सिजन–३ का विजेता समर्पण लामा, हिप हप इन्डियाका डान्सर नोर्बु तामाङ र बिटुडी ड्रेस सेन्टरका सञ्चालक स्मृति गुरुङ तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
सो प्रतियोगितामा प्रि अडिसन राउण्डमा १ हजार बढी सहभागी थिए । यस्तै अडिसन राउण्डमा ३ सय जना पुग्न सफल भएका थिए । मेगा अडिसनका लागि १ सय ७० जना छनोट हुँदा सेमिफाइनलमा ६९ जनाले प्रतिस्प्रर्धा गरेका हुन् ।
ग्राण्ड फिनालेमा सिनियरतर्फ १२ र जुनियरतर्फ २० जनाबीच प्रतिस्प्रर्धा भएको थियो।










