नेलम्बोद्वारा शिक्षक सहयोग

-


     श्रीभद्र पौडेल     
     श्रावण १४ गते २०८२ मा प्रकाशित


पोखरा–४, गैह्रापाटनस्थित नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका ३ स्थित पाउँदुर आधारभूत विद्यालयलाई शिक्षक सहयोग गरेको छ।
विद्यालयमा आयोजित समारोहबीच नेलम्बो अध्यक्ष एकदेव देवकोटा, विद्यालय अध्यक्ष प्रकाश गुरुङ तथा गाउँपालिका बीच त्रिपक्षीय शिक्षक सहयोगबारे(करार सम्झौता नवीकरण) सम्झौता भएको हो ।
सम्झौताअनुसार चालु आर्थिक वर्षमा विद्यालयलाई नेलम्बोबाट १ जना शिक्षक सहयोग गर्ने तथा त्यसको प्रभावकारिताका हेरिकन आगामी वर्ष शिक्षक नवीकरण हुने उल्लेख छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले नेलम्बोप्रति आभार प्रकट गर्दै पालिका नेलम्बोसँग सहकार्य गर्न तयार रहेको औँल्याए ।उनले गुणस्तरीय शिक्षाका लागि शिक्षक सहयोग महत्वपूर्ण हुने औँल्याए।
उपाध्यक्ष चन्द्रकला अधिकारीले शिक्षा क्षेत्रमा राज्यको लगानी ठूलो रहेको धारणा राख्दै शिक्षक कर्मचारी मेहनति हुनुपने जनाइन् ।
वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेलले पाउँदुरलाई त्यस क्षेत्रकै जेठो विद्यालयको संज्ञा दिँदै शिक्षा क्षेत्रमा नेलम्बोको सहयोग अतुलनीय रहेको धारणा राखे ।
नेलम्बो अध्यक्ष एकदेव देवकोटाले संस्था शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा क्रियाशील रहेको बताए ।उनले शिक्षक करार सम्झौता नवीकरणले विद्यालयको शैक्षिक गतिविधिमा टेवा पुग्ने विश्वास लिए ।
विद्यालय अध्यक्ष प्रकाश गुरुङले नेलम्बोप्रति आभार प्रकट गर्र्दै शिक्षक सहयोगले शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वास दिलाए ।
त्यस अवसरमा नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारी, प्रधानाध्यापक वसन्ती देवकोटा, शिक्षक राम अधिकारी लगायतले पनि धारणा राखे।
यसैबीच नेलम्बोले माछापुच्छे« गाउँपालिका–७, धम्पुस स्थित उदय माध्यमिक तथा जनप्रिय आधारभूत विद्यालयलाई पनि आगामि १ वर्षका लागि शिक्षक सहयोग गरेको जनाएको छ।