
पोखरा महानगरपालिका वडा नं २५ को चालु आ.वको हालसम्मको प्रगति, विकास निर्माण र आ.व. २०८२÷८३ को बजेटको सम्बन्धमा वडाका राजनीतिक दल र पुर्व अध्यक्षहरुसँग अन्तरक्रिया गरिएको छ ।
त्यस अवसरमा वडालाई उत्कृष्ट र समुन्नत बनाउन महत्वपूर्ण सल्लाह, सुझाव प्राप्त भएको छ । अन्तरक्रियाको निष्कर्ष स्वरुप आगामि वर्षको बजेटमा वडाले निम्नअनुसार प्राथमिकता दिने उल्लेख गरेको छ ।
२०८२÷८३ को बजेटका प्राथमिकता ः
१.शिक्षा ः
वडाले आगामी आ.व.को बजेटमा शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी शिक्षा केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । जसअन्तर्गत वडा भित्रका ९ वटै सामुदायिक विधालयका वालविकास कक्षालाई बालमैत्री बनाइने र अतिरिक्त क्रियाकलाप सिकाउने २ जना घुम्ती शिक्षकका लागि आवश्यक बजेट बिनियोजन गरिने उल्लेख छ ।
२.भौतिक पूर्वाधारः
भौतिक पूर्वाधारतर्फ अधुरा र विपद्जन्य योजनालाई प्राथमिकतामा राखिएको छ । ग्रामीण क्षेत्र र कुनै पनि योजना नपरेका टोलहरुलाई प्राथमिकतामा राखी सडक, ढल, सिचाई, वडाको सौन्दर्यककरण, उज्यालो वडा आदिका लागि आवश्यक बजेट बिनियोजन गरिने जनाइएको छ।
३.लक्षित कार्यक्रम ः
लक्षित वर्गका लागि आत्मनिर्भर र सक्षम बनाउन आयमुलक र सीपमुलक कार्यक्रम संचालन गर्न आवश्यक बजेट छुट्याउने तयारी भएको छ ।
४. स्वास्थः
स्वास्थतर्फ स्वीकृत शहरी स्वास्थ प्रबद्र्धन केन्द्रमा मेडिकल अधिकृत (डाक्टर) र उच्चस्तरीय ल्यावको व्यवस्था भैसकेकोले ल्याबलाई छिट्टै संचालनमा ल्याउने र विमा कार्यक्रम संचालनको लागि पहल गरिने उल्लेख छ । त्यस्तै घुम्ती शिविरको रुपमा “वडा नागरिक आरोग्य कार्यक्रम“ लाई निरंतरता दिइने जनाइएको छ।
५.कृषिः
कृषि तर्फ “एक घर, एक घार मौरी“ को योजना संचालन भैरहेकोमा यसलाई थप प्रभावकारी बनाउने उल्लेख छ । त्यसका लागि मौरी शिक्षा र मौरीपालन तालिम संचालन गर्ने र कृषि उत्पादनमा वृद्धि ल्याउन कृषि हाट बजार स्थापनाका लागि आवश्यक तयारी गरिने बताइएको छ।
६.युवा खेलकुद ः
युवा लक्षित कार्यक्रम, खेलकुद पर्यटन विकास र युवा रोजगार लक्षित कार्यक्रम र मेला महोत्सव सहयोगका लागि पनि बजेट बिनियोजन गरिने छ।
७.वन तथा वातावरणः
वन तथा वातावरण संरक्षण, सरसफाई, हरियाली प्रबद्र्धन, सर्प र लाटोकोसेरो संरक्षणका लागि वडा पन्छी र वडा सर्प घोषणा गरी लोपोन्मुख वन्यजन्तुको संरक्षण गरिने गरि बजेट व्यवस्था गरिने छ ।
त्यस्तै वडा कार्यालयले वडावासीसँग थप सल्लाह र सुझावको अपेक्षा समेत गरेको महानगर प्रवक्ता समेत रहनुभएको वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले जानकारी दिनुभयो ।










