रेडक्रस हेमजा उपशाखा भवन उद्घाटन

-


     श्रीभद्र पौडेल    
     जेठ २६ गते २०८२ मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ ।

       शनिबार एक कार्यक्रमका बीच जिल्ला सभापति उर्मला खड्का, निवर्तमान् सभापति डण्डराज शर्मा पौडेल तथा चन्दादाता संगीता कुँवरद्वारा संयुक्त रुपमा शिलालेख अनावरण गरी उद्घाटन गरिएको हो ।

       कार्यक्रममा धारणा राख्दै जिल्ला सभापति खड्काले हेमजा रेडक्रसले विगतदेखि नै राम्रा गतिविधि गर्दै आइरहेको चर्चा गर्दै रेडक्रसको मर्म तथा भावना अनुसार उपशाखा अगाडि बढिरहेको धारणा राखिन् ।

       निवर्तमान् सभापति पौडेलले हेमजा उपशाखाको संक्षिप्त चिनारी दिर्दै वर्तमान् कार्यसमितिले भवन निर्माण गरी नयाँ इतिहास रच्न सफल भएको औँल्याए।

       उपशाखा सभापति नेत्रपाणि भण्डारीले आफूहरुले मानवीय सेवाका क्रियाकलापलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै न्यूनत्तम ३ लाखको विषद् व्यवस्थापन अक्षयकोष खडा गर्ने लक्ष्य राखिएको सुनाए ।

विशिष्ट चन्दादाता वसन्तराज पौडेलले सबैको साथ सहयोगबाट उपशाखा भवन निर्माण गरिएको भन्दै त्यसलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने जनाए।

       त्यस अवसरमा साइराम सेवा केन्द्र हेमजाका अध्यक्ष मधुसुदन त्रिपाठी, उपशाखा उपसभापति टेकमाया अधिकारी, सचिव रमा त्रिपाठी, सहसचिव मीनबहादुर पराजुली थापा, कोषाध्यक्ष श्यामबहादुर कुँवर लगायतले पनि भवन निर्माणका अनुभव राखे।

कार्यक्रमका बीच सहयोगी महानुभावलाई सम्मान गरियो।रु.२२ लाख ५० हजार लागतमा भवन निर्माण गरिएको हो।