हेमजामा अन्तर वडा फुटबल जारी

-


     अन्नपूर्ण खबर     
     जेठ १४ गते २०८२ मा प्रकाशित


पोखरा–२५, हेमजामा जारी ३५ वर्ष माथि उमेर समूहको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल भएका छन्।

पहिलो खेल वडा नं. १३ र १४ का बीच भएकोमा १३ नं. वडाले २–० गोलअन्तरले वडा नं.१४ लाई हराउँदै अगाडि बढ्यो।त्यस्तै वडा नं. २५ निलो तथा वडा नं.२० वीच भएको पहिलो क्वाटरफाईनल खेलमा ४–० गोलअन्तरले पछि पादै वडा न.२५ निलो सेमिफाइनल प्रवेश गर्यो ।उक्त खेलमा वडा न.२५ अन्तर्गत जर्सी न. ६ का खेलाडी राजु श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।

मंगलबार पहिलो खेल वडा नं. ५ र २५ रातो बीच, दोस्रो खेल वडा न.१ र ६ का बीच हुने खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए।

१३ समूहको सहभागिता रहेको प्रतियोगितामा विजेताले रु.१ लाख ११ हजार १ सय ११ तथा उपविजेताले रु.५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन्।त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई प्रत्येक विधामा रु.२ हजार साथमा ट्रफी प्रदान गरिनेछ।

त्यस्तै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई रु.५ हजार साथमा ट्रफी तथा क्वाटर फाइनल देखिका खेलमा म्यान अफ दि म्याच घोषणा गरी ट्रफी प्रदान गरिएको आयोजक हेमजा युनाईटेड अध्यक्ष कृष्णमान् श्रेष्ठले जानकारी दिए।

प्रतियोगिता यहि जेठ १७ सम्म गौरीशंकर खेल मैदान(गैरी)मा हुनेछ।