रुपान्तरणकारी पत्रकारिता आवश्यक

-


     श्रीभद्र पौडेल    
     वैशाख २९ गते २०८२ मा प्रकाशित


रुपान्तरणकारी पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको छ।
प्रेस सेन्टर नेपाल गण्डकीको आयोजना साथै गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक सहयोगमा पोखरामा भएको २ दिने विकास पत्रकारिता तालिमका सहभागि एवम् सहजकर्ताले उक्त कुरामा जोड दिएका हुन्।
उनीहरुले समय परिवर्तनशील भएको उल्लेख गर्दै सर्वहारावर्गका मुद्धालाई रुपान्तरणकारी कोणबाट हेर्दै समयसन्दर्भ अनुसार पत्रकारिता गर्दै जानुपर्ने औँल्याए ।नेपाली आत्मसम्मान एवम् स्वाभिमान् सहितको पत्रकारिताले मात्रै देश विकास गर्ने स्पष्ट पार्दै उनीहरुले विकास पत्रकारिताका धेरै आयम रहेको प्रकाश पारे।
तालिम सहजीकरण गर्दै प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले परिवर्तित परिवेशमा पत्रकारिताको मर्म पनि परिवर्तनशील हुने उल्लेख गर्दै पत्रकारिताले राज्यलाई निरङकुश बन्न नदिने स्पष्ट पारे ।उनले अनुसन्धान तथा विश्लेषणमूलक पत्रकारितामाको खाँचो औँल्याउँदै पत्रकारले पछाडि परेका जनतालाई मुलप्रवाहमा ल्याउन भूमिका खेल्नुपर्ने धारणा राखे ।
प्रेस सेन्टर सदस्य विनोद धवलागिरीले रुपान्तरणकारी पत्रकारिताले मात्रै जनताको हित गर्ने उल्लेख गर्दै पछिल्लो समय पत्रकारिता आवाज विहिन जनताको आवाज बन्न नसकेकोमा दुखेसो पोखे।
त्यस अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव पार्वती लामिछाने, कम्प्युटर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष चिरञ्जिवी अधिकारी, पत्रकार दीपक परियार लगायतले सहजीकरण गरे ।
उनीहरुले विकास पत्रकारिताका आधारभूत पक्ष, नेपालमा विकास पत्रकारिताका अवरोध, समाचारको भाषा, प्राविधिक तथा आर्थिक प्रस्तावना एवम् प्रतिवेदन लेखन, गण्डकी प्रदेश सरकारका लक्ष्य सूचना प्रविधि, साइवर सुरक्षा एवम् रणनीतिका विषयमा सहजीकरण गरे।
प्रेस सेन्टर नेपाल गण्डकी अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष सन्तोष गौतमले स्वागत तथा महासचिव गुणबहादुर रोकाले कार्यक्रम संचालन गरे।