१०४ युनिट रगत संकलन

-


     श्रीभद्र पौडेल    
     वैशाख २९ गते २०८२ मा प्रकाशित


किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती २०८२ को अवसरमा शनिबार हेमजामा भएको रक्तदान कार्यक्रममा कुल एक सय ४ युनिट संकलन भयो।
किसान बहुउद्देश्यीय सहकारी संस्था, हेमजा युनाइटेड तथा देवीस्थान सेवा समाजद्वारा संयुक्त रुपमा रक्तदान आयोजना गरिएको हो ।जसमा नेपाल रेडक्रस सोसाइटी कास्की तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज नेपालको प्राविधिक सहयोग रहयो।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडा नं. २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले आयोजकलाई धन्यवाद दिर्दै रगतको महत्वबारे प्रकाश पारे।सामाजिक कार्यमा संस्थाहरुको एकता महत्वपूर्ण रहेको चर्चा गर्दै वडाध्यक्ष तिम्सिनाले त्यस्ता कार्यमा वडाले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
त्यस अवसरमा कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिम्सिना, नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष दीपेन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखा सभापति नेत्रपाणि भण्डारी, महिला सञ्जाल हेमजा अध्यक्ष अप्सरा तिम्सिना लगायतले पनि धारणा राखे।
किसान बहुउद्देश्यीय सहकारीका अध्यक्ष मोतीराम तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा देवीस्थान सेवा समाज उपाध्यक्ष चन्द्रकला पोखरेलले स्वागत, हेमजा युनाइटेड एवम् देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान् श्रेष्ठले कार्यक्रम बारे प्रकाश एवम् किसान बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक झकनाथ तिम्सिनाले संचालन गरे।