
पोखरा–५, पस्र्याङ स्थित शान्ति निकेतन स्कूलमा युकेजीका विद्यार्थीलाई दीक्षित गरिएको छ ।त्यस अवसरमा शैक्षिक सत्र २०८१ तर्फका पुरस्कार पनि वितरण गरियो।
कार्यक्रमका बीच कुल ६५ जना विद्यार्थी दीक्षित भए ।त्यस्तै पूर्व आधारभूत तहदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई पुरस्कार प्रदान गरियो।
कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले पोखरालाई पर्यटकीय अलवा शैक्षिक नगरी बनाउनुपर्नेमा जोड दिए ।उनले पोखराको शैक्षिक क्षेत्रमा शान्ति निकेतनको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै पोखराका उत्कृष्ट १० विद्यालयमा शान्ति निकेतन पनि पर्ने स्पष्ट पारे।
प्रधानाध्यापक डा.महेश्वर पराजुलीले विद्यालयले सर्वसुलभ शिक्षा प्रदान गरिरहेको सुनाउँदै समाज तथा राष्ट्रले खोजेको शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिइरहेको स्पष्ट पारे।उनले अविभावकको सहयोग एवम् सक्रियताले गर्दा विद्यालयले प्रगति हासिल गरिरहेको पनि सुनाए ।विद्यालय भवन निर्माण थालिएको अवगत गराउँदै प्रधानाध्यापक पराजुलीले विद्यालयका संस्थापक प्रति आभार प्रकट गरे।
धर्मस्थली आधारभूत विद्यालयका प्रधानाध्यापक वदनकुमारी शर्माले शान्ति निकेतनले सराहनीय शैक्षिक गतिविधि गर्दै आइरहेको बताइन्।
त्यस अवसरमा नियमित हाजिर हुने मावितर्फका शिक्षक भुवानीप्रसाद अधिकारी र आधारभूततर्फकी जमुना भुजेललाई सम्मान गरियो।
विद्यालय अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक यदुविलाश भूत्र्यालले स्वागत तथा परीक्षा संयोजक शिक्षक हेम सुवेदीले कार्यक्रम संचालन गरे।