‘मर्निङस्टार कास्कीकै उत्कृष्ट विद्यालय’

-


     श्रीभद्र पौडेल    
     चैत्र २३ गते २०८१ मा प्रकाशित


अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरी स्थित मर्निङस्टार माध्यमिक विद्यालय कास्की जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था रहेको औँल्याइएको छ।
शुक्रबार भएको विद्यालयको ३६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोहका वक्ताले सो कुरा औँल्याएका हुन्।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विद्यालय संस्थापक प्रति सम्मान प्रकट गर्दै विद्यालयले जिल्लाकै शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिर्दै आएको औँल्याए ।विद्यालय सहरमा वा गाउँमा रहनुले केही अर्थ राख्दैन, अर्थ त शौक्षिक गुणस्तरले राख्दछ, जुन मर्निङस्टारले कायम गरेको छ अध्यक्ष केसीले भने।
गाउँपालिकाले शिक्षामा आमूल परिवर्तन गर्न खोजेको स्पष्ट पार्दै अध्यक्ष केसीले मर्निङस्टारका असल अभ्यासहरु सिक्न त्यस क्षेत्रका सामुदायिक विद्यालयहरुलाई सुझाए ।शिक्षक जिम्मेवार बन्नुपर्ने भन्दै उनले शिक्षक सम्मानित पेशा भएको स्पष्ट पनि पारे।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले मर्निङस्टारले सराहनीय शैक्षिक गतिविधि गर्दै आइरहेको स्पष्ट पार्दै विद्यालयले त्यस क्षेत्रका अभिभावकको विश्वास जित्न सफल भएको बताइन् ।उनले विद्यालयले शैक्षिक गुणस्तर कायम गर्दा त्यस क्षेत्रको वसाईसराई दर कम भएको पनि औँल्याइन्।
त्यस अवसरमा गाउँपालिका प्रवक्ता समेत रहेका वडा नं.७ का अध्यक्ष भरतमान् गुरुङ, वडा नं. २ का अध्यक्ष पिताम्वर भण्डारी, १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, गाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भुगाई, माछापुच्छे« माविका अध्यक्ष मनपति भण्डारी, प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतम, केफ माविका प्राचार्य डिल्लीराम अधिकारी, अभिभावक देवु भण्डारी लगायतले पनि धारणा राखे।
उनीहरुले मर्निङस्टार जिल्लाकै अग्रणी विद्यालय भएको, विद्यालयको शैक्षिक गुणस्तरकै कारण ढिकुरपोखरी क्षेत्रबाट बसाईसराई रोकिएको, विद्यालयहरुले योग शिक्षालाई जोड दिनुपर्ने, विद्यालयका असल अभ्यासहरुलाई आदानप्रदान गर्नुपर्ने, अवको शिक्षा नैतिक एवम् मातृभूमिलाई माया गर्ने हुनुपर्ने, विद्यालयले शैक्षिक जस्तै अतिरिक्त क्रियाकलापलाई पनि महत्व दिनुपर्ने लगायत धारणा राखे।
प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले विद्यालयले अभिभावकको माया एवम् विश्वास जित्न सफल भइरहेकोे जनाउँदै त्यसलाई आगामि दिनमा पनि टुट्न नदिने प्रतिबद्धता जनाए ।उनले संस्थापक विद्यालय भएर पनि मर्निङस्टारमा गरिव तथा जेहेन्दार विद्यार्थीले पठनपाठन गर्न पाइरहेको स्पष्ट पार्दै संस्कार सहितको शिक्षामा आफूहरुले जोड दिइरहेको प्रस्टाए।
विद्यालय अध्यक्ष डा.कृष्णप्रसाद भण्डारीले विद्यालयले फड्को मार्दै गइरहेको चर्चा गर्दै धर्यता, अनुशासन, सहनशीलता, लगनशीलता, अपनत्वलाई ख्याल गरे जीवन सफल बन्ने सुझाए ।

कार्यक्रमकै बीच विद्यार्थीले विभिन्न प्रस्तुति राखे ।त्यस्तै शैक्षिक एवम् अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार पनि वितरण गरियो ।
विद्यालय अध्यक्ष डा.भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहप्रधानाध्यापक इन्द्रदोर्जे लामा र विद्यार्थी देवीका सुवेदीले स्वागत तथा अतिरिक्त क्रियाकलाप प्रमुख समेत रहेका शिक्षक दिलबहादुर जिसीले कार्यक्रम संचालन गरे ।
पूर्व विद्यालय देखि कक्षा १२ सम्म संचालित विद्यालयमा हाल करिव ७ सय विद्यार्थी अध्ययनरत छन् ।